गठबन्धन भत्किनु ठूलो कुरा होइन, सडक तताउने मात्रै होइन बाल्छौं पनि ः झलनाथ

काठमाडौं ः नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी गरेका छन् ।

विहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संवाददाताहरूसँग कुरा गर्दै खनालले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’

खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको भन्दै आवश्यक परे सडक तताउने समेत चेतावनी दिए । खनालले भने, ‘आवश्यक परे सडक तताउने मात्रै होइन, बाल्छौं पनि ।’





error: Content is protected !!