जाजरकोटमा यही वर्ष २९ वटा आन्तरिक सडक निर्माण पूरा हुने

जाजरकोट ः आर्थिक वर्ष २०७८/ ७९ मा भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २९ वटा आन्तरिक सडक निर्माण पूरा गर्ने लक्ष्य लिएको छ । सोही अनुसार सडक निर्माणलाई कार्यालयले प्राथमिकता दिएको जनाएको छ ।

आर्थिक वर्ष २०७७, ७८ मा एक सय ६५ किलोमिटर सडक निर्माण गरेको कार्यालयले चालु आर्थिक वर्षमा ३९ वटा सडक निर्माणलाई प्राथमिकतामा राखेको हो । साथै, कार्यालयले तीन वटा भोलुङ्गे पुल, दुई वटा पक्की पुल निर्माण सम्पन्न गरेको जनाएको छ । जनता आवास कार्यक्रमअन्तरर्गत एक सय ७३ विपन्न परिवारलाई घर निर्माण पनि गरेको कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए ।

२०७६/ ७७ मा चालुतर्फ ६६ प्रतिशत र पुँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको कार्यालयको आर्थिक वर्ष २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पुँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । यो आर्थिक वर्षको दोस्रो चौमासिकको आखिरीसम्ममा चालुतर्फ ४५ प्रतिशत र पुँजीगततर्फ ९ प्रतिशत प्रगती हासिल भएको छ ।

कार्यालयले केही योजना प्रदेशमा फिर्ता समेत गरेको छ । १५ लाखभन्दा तलका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि सोहीअनुसार योजना काम रोकिएको हो ।

केही वहुवर्षीय योजनामा समेत निरन्तर काम भइरहेको कार्यालयले जनाएको छ । यसमध्ये आधा दर्जन पक्की पुल पनि छन् । अघिल्लो वर्षभन्दा अहिले योजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको कार्यालयका प्रमुख कार्कीले बताए । उनले कर्मचारी अभावले तोकिएको समयमा काम गर्न कठिन भएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!