अमेरिकी राजदूतसँग भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार लागे ओली

काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।

अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बोलाएपछि ओली बालुवाटार गएको जानकारी दिए।

एमसिसीका बारेमा सत्ता गठबन्धनका दलहरू विभाजित भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो दोस्रो पटक हो। यसअघि देउवा ओली भेट्न बालकोट पुगेका थिए।

ओली जसरी पनि गठबन्धन तोडाउने पक्षमा छन्। गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०ले एमसिसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने चेतावनी दिइसकेको छ।

संसद्‍बाट एमसिसी पारित गर्ने प्रक्रिया सुरु भइरहेका बेला राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकारले फागुन ८ गते संसद्‍मा टेबल गरेको एमसिसी फागुन १२ गतेबाट सैद्धान्तिक छलफलका निम्ति प्रक्रिया अघि बढ्नेछ।

कांग्रेस एमसिसीको पक्षमा छ भने एमाले मौन छ। एमसिसी पारितका लागि अमेरिकाले फागुन १६ सम्मको समय दिएको छ।





error: Content is protected !!