प्रतिनिधिसभाको कार्यसूची ः अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने

काठमाडौं ः प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।





error: Content is protected !!