भेरीपुल सहित रिम्ना– तल्लुबगर सडक स्तरउन्नतीका लागि बजेट स्वीकृत

जाजरकोट / जाजरकोट –डोल्पा सडक खण्डको रिम्ना देखि तल्लु बगर सम्माको सडकको स्तरउन्नती गर्नका लागि बजेट स्वीकृत भएको छ ।
वातावरणीय प्रभाव मुल्यांकन सम्पन्न भएसँगै यस सडक खण्डका लागि रु १ अर्व ८० करोड रुपैयाँ स्वीकृती भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले सदरमुकाम खलंगाको पासागाड देखि रिम्ना सम्माको सडकमा स्तरउन्नतीको काम जारी रहेको छ । ११७ किलोमिटर सडक खण्ड मध्य दुइ वर्ष अघि पासागाड –रिम्नाको स्तरउन्नतीको लागि बोलपत्र भइ अहिले काम जारी रहेको छ भने बाँकी रिम्ना देखि नलगाड नगरपालिकाको तल्लु बगर सम्मा सडक स्तरउन्ततीका लागि बजेट स्वीकृत भइ बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको पूर्वमन्त्री बस्नेतले बताउनुभयो ।
त्यस्तै जाजरकोट नलगाड नरपालिका –८ मन्मै देखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरी नदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भइ बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि रु २४ करोड रुपैयाँ स्वीकृत भएको पूर्वमन्त्री बस्नेतले बताउनुभयो ।
त्यस्तै जाजरकोट –डोल्पा सडक खण्डकै बीच, बीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्य समेत जारी रहेको छ । वेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधनहरु सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुलहरु निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व झा ले बताउनुभयो ।
जाजरकोट खण्डका अधिकांश पुलहरु निर्माण भइसकेकोले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि १ अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।
उहाँका अनुसार नदुवा राडी सडक स्तरउन्नतीका लागि रु ३० करोड , फुसको छाना हटाउन ८ करोड , राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड रुपैया स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड रुपैयाँ बजेट स्वीकृत भइ बोलपत्र आवह्वान गर्ने चरणमा पुगेको छ ।








