संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आधार नै एतिहासिक जनयुद्ध नेता बस्नेत

काठमाठौँ ः पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले जनयुद्ध दिवसको शुभकामना दिदै फागुन समाजवादउन्मुख राज्य ब्यबस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आधार ऐतिहासिक जनयुद्धको थालनी भएको दिन भएको रहेको बताउनुभएको छ ।
नेपाली जनक्रान्तिका उपलब्धिहरको रक्षा र बाकि कार्यभारहरु पूरा गर्दै समाजवादको बाटोमा अघि बढ्न आजको दिनले सदैब प्रेरणा प्रदान गरेको समेत उहाँले बताउनुभयो । साथै ,जनयुद्ध सहित जनक्रान्तिका समस्त अमर शहिदहरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईते योद्धाहरुप्रति सम्मानभाव सहित शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।










