मन्त्रालयको भागबण्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

सुर्खेत ः आफ्नो भागमा परेको मन्त्रालयको संख्यामा मन्त्री छान्न नसक्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ । नेकपा ( माओवादी केन्द्र) ले भने संख्या सहित नाम समेत टुंगो लगाइसकेको छ ।

समाजबादीलाइ समेत मन्त्री नाम टुंगो लगाउन मुस्किल हुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको एक गठबन्धनका नेताले बताए । केही दिन अघि भएको सहमति अनुसार दुइ दिन भित्र मन्त्रीमण्डल विस्तार हुने भनिएको थियो ।

मन्त्रालय माथिको दलिय स्वर्थका कारण सरकार मन्त्रीमण्डल विस्तारमै विस्तार हुन सकेको छैन । तीन महिना वित्तिसक्दा सम्मा भागबण्डा मिलाउन नसक्दा मुख्यमन्त्री जीवनबहादुर शाही आलोचनाको केन्द्रमा पुगेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!