कर्णालीमा सरकार र प्रमुख प्रतिपक्षबीच सात बुँदे सहमति

सुर्खेत / कर्णालीमा प्रमुख प्रतिपक्ष दल र प्रमुख प्रतिपक्षबीच सात बुँदे सहमति भएको छ । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ ।

मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख प्रतिपक्ष दल एमालेका नेता यमलाल कँडेल,उपसभामुख पुष्पा घर्ती, माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्र शाही र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीबीच भएको छलफलमा एमालेका माग सम्बोधन गर्ने सहमति भएको हो ।

मंगलबार सरोकारवालाबीच बसेको बैठकपछि जारी विज्ञप्तिमा प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्दै बजेट संशोधन गरिने भएको छ ।

सहमतिमा सरकारले यसअघि बजेटमा राखेका टुक्रे आयोजनामध्ये १५ लाख भन्दा कमका आयोजना हटाइनेछ ।




सम्बन्धित समाचार


error: Content is protected !!