६८ उपसचिवको सरुवा ः नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गिरी

जाजरकोट ः सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ६८ उपसचिवको सरुवा गरेको हो । सोमवार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको सिंहदरबार उच्च स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमा कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् । त्यस्तै जाजकोट नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव मानबहादुर गिरीलाइ ल्याइएको छ । उहाँ यो भन्दा अघि कुशे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो ।










