जवानीमा नै अनुहारमा किन देखिन्छ चाउरी ?

उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै कपाल फुल्ने समस्या देखिनुले जीवनशैली खराब भएको संकेत गर्छ । यस अन्तरगत के के पर्छन् रु
अत्यधिक तनाव
तनावको प्रत्यक्ष असर छालालाई पर्छ । यसले गर्दा उमेर नपुग्दै चाउरीपन देखिन थाल्छ ।
घाम, गर्मी
सूर्यको अल्ट्रा भाइलेन्ट रेको कारण छालालाई असर पर्छ । गर्मी र घाममा धेरै समय रहनाले अनुहारमा कालो धब्बा देखिने गर्छ ।










