कोभिडका कारण आयूर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

जाजरकोट /  कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए ।
केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले माघ १२ गते देखि अर्काे सूचना नआउन्जेल सम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाई छ ।
यस्तै, एन.आई.सी. एशिया बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टी भएपछि सेवा प्रवाहमा समस्या भएको कर्मचारीले बताएका छन् ।
उहाँका अनुसार अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको र परीक्षण नभएको गुनासो गनुभयो । भेरी नगरपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित अन्य कर्मचारीलाइ कोरोना भएको छ ।





error: Content is protected !!