जनयुद्ध र संर्घषबाट जन्मिएको नलगाड

टकबहादुुर घर्ती (मुनाल)
जाजरकोट जिल्लाको पूर्वी क्षेत्र मा अवस्थित छ , नलगाड नगरपालिका । साविकका पाँच वटा गाविस (डाँडागाउँ , लहँ खगेनकोट , रग्दा र भगवती ) लाइ मिलाएर बनेको नलगाड नगर ठुली भेरी को काखमा सजिएर बसेको छ । चाखुरे हिमालको फेदबाट बगिरहेको नलसिंहगाड नदि र हाल त्यही नामबाट परिचित नलगाड नगरपालिका बहुप्रतिक्षित बिकाश र समृद्विको यात्रामा अनवरत संघर्षमा उभिरहेको छ ।


नलसिंहगाड नदी अर्थात नलगाड एउटा ऐतिहासिक बिरासत बोकेको नदि हो । माओवादी जनयुद्व को बेला समय–घण्टा फरक हुनसक्छ, २०५२ फाल्गुण १४ गते एकैदिन गोरखाका ११ बर्षिय दिलबहदुर रम्तेल (गोलि हानि हत्या) र जाजरकोटका द्धया मानबहादुर वली र रावललाई एउटै हत्कडिमा बाँधेर , भिरबाट धकेलि त्यहि नलसिहंगाड नदीमा शहादत भएको दिन , त्यहि नलगाड नदी अनि जनयुद्वका प्रथम सहिदको नाम लिष्ट सँग जोडिएको संन्दर्भ निकट भएर माओवादी आन्दोलन सँगसँगै अगाडि आएको ईतिहास हो नलगाड नगर ।

यस नगरपालिकाबाट करिव साढे छ दर्जन (७६ जना) सहिद र साढे बाह्र दर्जन (१५० जति) जनयद्वकै क्रममा घाईते , अपाङ्गहरुको रगतले गणतन्त्र प्राप्तिमा योग्दान गरेको नगरपालिका हो । जनमुक्ति सेनाका कुशल कमाण्डर प्रेमबहादुर रोकाय ( जित) देखि दर्जनौ कुशल कमाण्डर क. राजेन्द्र क.कमल क. रेशम क. छलाङ्ग क. राजन क. नवीन क. भरत क. उपेन्द्र क. नरेश लगायतका वीर शहिदहरुको जन्मभुमि हो । त्यस्तै धेरै नेता कार्यकर्ताहरु मध्ये क. गगनबहादुर शाही (हिमाल) क. केशव खड्का (ज्वाला) क.तुलसा शाहि सहित नगर , जिल्ला र बाहिर क्षेत्रमा गएर त्याग , समर्पण र बलिदानका अनगिन्ति कृतिमानले परिचित छ ।

२०५५ जेठ २२ एउटा चर्चित घट्ना संम्झिदा नि शिर झुक्छ किलो सेरा टु अप्रेशनको नाममा लविसा चर्चित हत्याकाण्ड , एकै दिन एकै चिहान हुनेगरी (शिक्षक , स्वास्थकर्मी, किसान , बिद्यार्र्थी , महिला ) नौ जनाको सामुहिक हत्या भएको पनि यस नगरको मुख्य बलिदानी केन्द्र हो । सबैभन्दा जेष्ठ नागरिक ७० बर्षीया वृद्व किसान लोता घर्ती लाई २०५५ कात्तिक १० नहकुलि जंगलमा निर्ममतापुर्वक खुकुरी प्रहार गरि हत्या गरियो भने नलगाड नगरकै  कान्छो सहिद  कक्षाा ८ मा पढने बिद्यार्थी १६ बर्षिय रामबहादुर चन्द  विद्यालयबाट नै गिरफ्तार गरी मछ्छेरपानी जंगलमा लिई रुख चढ्न लगाई गोलि हानेर मारिएको थियो  । यी यस्तै निर्दयी राजतन्त्रात्मक शाही सरकार र तत्कालिन प्रहरीका अनगन्ती हर्कतहरुले जनयुद्व र परिवर्तनलाई नयाँ उचाईमा पुर्याएको बिषय सबैका आँखा अगाडि साँक्षी छ । त्यो शाहीकालिन राजाको शासन , वर्वर दमन र परिवर्तित समयको बेग सँग नझुकेर , आत्मसमर्पन नगरेको नगर हो नलगाड।

माओवादी जनयुद्वको बेला २०५२ फाल्गुन १ गते रुकुम राडी प्रहरी चौकी कव्जा गर्दा थुप्रै शिक्षक , बिद्यार्थी, किसान र सर्वसाधारणहरुलाई झुठ्ठा मुद्वाका नाममा मुसिकोटमा जेल जीवन बेतित गरेर क. प्रताप जैसि , क. महेन्द्र परियार , क. संगिन , क. तारा चनारा दाजुभाई , क. हस्ते दमाई , क. दिनेश, क. ललित वली लगायतका दर्जनौ नेता कार्यकर्ता जन्माएको नगर हो नलगाड ।

जनयुद्वमा शसक्त उपस्थिति देखाएर अशक्त जीवन ब्यतित गरिरहनु भएका घाईते योद्वाहरु क. आधार क.राममाया क. अमृत क. सीता क.संकल्प क.मोहित क. बिरता क.पवन क.मदन क.मापन क.संगम क.हिमाल क.बिलाप क.आकाश क.झरना र क.बिनोद लगायत ज्युँदो सहिद भएर नाफाको जिवनमा अहिले पनि समाजसेवि बनेर हिनिरहनुभएको छ ।

त्यसबेला जनयुद्वको समयमा थालनी कर्ता एंव पुर्णकालिन नेताहरु र समस्त कमाण्डर सेनानीहरु मध्ये क. जित क.राजेन्द्र (सहिद) , क.नवीन क. नगेन्द्र क. अग्नि क.संगम क. नर्शिङ्ग क. मान ब. रावल र वलि (सहिद) क. बिजुलि क. खगेन्द्र बिजय क. दर्शन क. हिमाल (सहिद) क.विशाल क.सपना क.लक्ष्मि रावल क. पम्फा क.नेत्र क. दुधकला क. बिरजित घर्ती क. प्रकाण्ड क. केशव क. प्रशान्त क.युवराज क.ललित क. दिनेश वली क.राजन थापा क.यज्ञ प्रसाद गौतम लगायतका कम्युनिष्ट आश्था , निष्ठा र उच्च नैतिक धरातलले भरिपुर्ण नगरको पहिचान छ नलगाड ।

यहि उच्च त्याग , समर्पण र बलिदानको धरोहरमा , परिवर्तनको तिव्र अभिलासा र भोगमा अघि बढिरहेको नलगाड नगरपालिका तत्त्कालिन भेरी–कर्णालि नमुना जिल्ला र नमुना सरकार को निरन्तरता हुँदै हाल “जसको नीति उसको नेतृत्व“ को माओवादी एजेण्डा अनुसार नगरपालिकामा नगर प्रमुख टेकबहादुर रावल सहित बहुमत सिद्व माओवादी नेताहरुलाई जनता मार्फत जनअनुमोदित प्रतिनिधिको रुपमा स्थापित गरिएको छ । जिल्ला समन्वय प्रमुख मनबहादुर रावल देखि प्रदेश सांसद गणेशप्रसाद सिहं ज्यू को भुमिका सम्म नलगाड नगरपालिकाबाट नै प्रतिनिधित्व भएको छ यो सबैभन्दा गौरव र खुशिको क्षण हो ।

जनताका कुशल एंव निर्वाचित नेताहरुबाट अपेक्षित कामहरु के कति भए त ? जनसरोकारका संम्वन्धमा बिकाश निर्माणका प्रगति बिवरणहरु के के छन त ? यस्ता सवालहरु बहसमा आउने गरेका छन र आउनु स्वभाविक छ । सामान्यत ः नलगाडको भुगौलिक अबस्था , यहाँको जनसंख्या , बिगतमा भएका बिकास कामहरु र देशको राजनीतिक संरचना परिवर्तन भए सँगै राज्य पुनःसंरचना अनुसार प्रदेश र स्थानीय सरकारको स्थापना सम्म आईपुग्दा धेरै कठिन ब्यवश्थापनका बाबजुद पनि जनउत्तरदायी भुमिका खेलेको देखिन्छ ।

अभाव र आवश्यकता गुर्जिरहेको समाजमा व्याप्त अन्तरबिरोधका बीच पनि नेतृत्व गर्नु , हरेक राजनैतिक र भौतिक संरचनाका आधारहरु खडा गर्दै सत्ता अभ्यासमा जानू , नीति – ऐन कानुनमा नगरपालिकालाई चलाउनु र जननिर्वाचित हुदाँ जनताका भावना मर्म र मुद्वाहरुको समाधान दिनु , स्थानीय सरकारका चुनौतिहरु थिए । नेतृत्व गरिरहेका राजनैतिक पार्टीहरु अथवा निर्वाचित प्रतिनिधिहरु र कर्मचारी प्रशाषन , विभिन्न प्राबिधिक फाँटहरुमा भिजन र मिसनमा एकता ल्याई जनतालाई सर्भिस दिनु पनि अर्काे चुनौति थियो ।

चौतर्फि समस्याका घेराहरुलाई तोड्दै सफल्ताको शिखरमा चढ्ने आँटका साथ पहिलो आगमन बर्ष देखि आउँदो बिदाइको बर्ष (५ वर्ष) अन्तिम सम्म पुगिरहँदा प्रथम नलगाड नगरपालिका(स्थानीय सरकार) राजनैतिक नेतृत्व र कर्मचारी प्रशासन सफल रहेको निष्कर्ष नै महत्वपुर्ण हो ।

राज्यको पुनःसंरचना , संघीयता , समावेशीको मर्म अनुसार स्थानीय सत्ता संचालन भएर अर्काे निर्वाचनमा प्रवेश गर्नु भनेको राजनैतिक उपलव्धिको रक्षा र बिकाश गर्नु हो । त्यो बहस र बिवाद बिना सार्थक निष्कर्षमा पुग्नु भनेको राजनैतिक दायित्व नै थियो । जुन सर्त र कोर्ष पूरा भएको छ ।

जनजिविका र अन्य कयौं सवालहरु छन , आशिक मात्रै होईन, यस माथि उल्लेखित समस्याका बाबजुद पनि पुर्णःतया सफल्ताको बाटोतिर अघि बढिरहेको तथ्य हामी सामु छर्लङ्ग छ । स्थानीय सरकारको बिनियोजित वजेट र बिकाश “गाउँ घरमासिंहदरवार“ माओवादी एजेण्डा स्थापित भएको छ । हुनत तमाम राष्ट्रिय राजनैतिक एजेण्डा माओवादी पार्टिको हुनु तर नेतृत्व राष्ट्रिय स्तरमा अरु पार्टीहरुको हुने गरेको छ , तथापि नलगाड नगरमा स्थानीय नेतृत्व सहित आफ्ना पार्टीको मुद्वालाई ब्यवस्थित र सुदृढ बनाउदै लगिरहेको छ ।

बिगत देखि जिल्लाकै आधार क्षेत्र मानिने नलगाड नगर माओवादी कै लालकिल्ला हो । बर्ग र बिचारप्रति प्रतिबद्द नेताकार्यकर्ता यहाँको बिशेषता हो । बिबिध जातजाति भेषभुषा र बहुसंस्कृति को पहिचान हो । उत्पादनशिल भुमि र श्रृजनशिल एंव परिश्रमिक समुदाय हो। बिबिध हावापानी लेकबेशिले जोडिएको सबै प्राकृतिक मिश्रण हो।

यसैको आधारमा बनिरहेको मनोबिज्ञान अथवा सकारात्मक सोंचले नै यहाँको समाजबिज्ञान बिकास भईरहेको आभाष हुन्छ । अग्रगमन र परिवर्तन पक्षधरमा बाहुल्यता रहेको यो समाज प्रतिगामि वा पश्चगामि बिचारधाराको डटेर प्रतिवाद गर्ने संस्कार भएको पाईन्छ। सबै भन्दा पुराना पार्टी कांग्रेस भनेर आफूलाई घमण्ड गर्नेहरु पुरानो बिचार र पश्चगामि मुद्वाहरुमा अल्झिँदा , भावि यूवा पुस्ताहरु माओवादीमा समाहित बनेको र परिवर्तनको धाराहरुलाई समातेर नेतृत्व गरिरहेका छन ।

केहि बर्गहिन बिचार र सिद्वान्तबिहिन युवा नेतृत्वको अवोध महत्वकाँक्षी चाहाना ले नगर सरकारको प्रतिपक्ष कांग्रेस र एमाले पार्टी भित्र बिभाजन र गुटफुट बिग्रहतिर गईरहेको बिषय प्रष्ट नै छ। बिडम्वना भनौ बिगतका यि तथ्यहरुलाई बुझ्नै पर्ने हुन्छ , कांग्रेस , एमाले राजनीतिले जहिले पनि पश्चगामी नेतृत्व गरेका उदाहरण केन्द्र देखि नलगाडमा पनि प्रशस्त छन । विगत समयमा नलगाडमा परिबर्तनका धारा बिरुद्वमा सुराकी र सिआईडी गर्ने , निहत्था मानिसहरुको ज्यान लिने , जेल नेल कोच्ने पुलिस हिरासतमा झुट्टा मुद्वा तारिख लगाउने , खुकुरी दल निर्माण गरी जनतालाई कत्लेआम गर्ने , जस्ता गतिबिधि ज्युँदा प्रमाणहरु हुन ।

यस्ता कृयाकलापको जतिसुकै सफाया दिए पनि इतिहासले मागिरहेका यक्ष प्रश्नहरु छन । जुनबेला बर्वर दमन , हत्या , बलात्कार , गिरफ्तारी को श्रृखलाले सिमा नाघेपछि २०५६ जेठ ३१ गते लहँ ईलाका प्रहरी चौकी कव्जा गर्नु र त्यहाँ स्थित खुकुरी दललाई तह लगाउनु माओवादीको पहिलो बाध्यता बन्न पुग्यो । यसमा जनताको अपार माया सहित साथ समर्थनको अभिव्यक्ति हो त्यो प्रहरी चौकी कव्जाको सफलता ।

जनता नै परिवर्तनका संबाहक हुन , माओबादी मान्यता अनुसार बिगत र बर्तमान अवस्थाले जनताको सर्वाेच्चता कायम गर्ने एउटा ऐतिहासिक पृष्ठभुमिका आधारमा संघर्षशिल जनसमुदायको क्रान्तिकारी , जुझारु र संघर्षशिल पहिचानले नै भविश्य कस्तो हुन्छ ? निधो हुने गर्दछ । अझै पनि आधारभुत बर्गको रक्षा गर्ने , बहुसंख्यक दलित , जनजाति , महिला , र यूवा हरुको समावेशि प्रतिनिधित्व गरेर परिवर्तनको नेतृत्व दिने , नलगाड नगर नै पहिलो नगरपालिका हो। वास्तविक परिवर्तनको रक्षक ती उपेक्षित वर्ग नै असलि पहरेदार (चौकिदार) हुन । अगाडी बढ्नका लागि उत्प्रेरणा , स्कुलिङ , शिक्षा र तालिम हालसालका राजनैतिक कामहरु बनेका छन । प्रत्यक्ष वा परोक्ष सहभागिता र आकर्षणले उत्साह र जनजागरण पैदा भईरहेका छन ।

पुराना कम्युनिष्ट आर्दशमान नेताहरुको सम्मान र नयाँ युवा पिढिहरुको प्रोत्साहन का काम अनि निर्णय भईरहेका छन । बिगत को समीक्षा र भविश्यमा कसरी अगाडि बढ्ने भन्ने बिषय बहसमा माओवादी नगर कमिटि र जनबर्गीय संगठनहरु सक्रिय छन । भरखरै संम्पन्न आठौ केन्द्रीय महाधिवेशनबाट पारित “समाजवादको नेपालीबाटो“ लाई लागु गर्न समाजवादी उत्पादन , आत्मनिर्भर प्रणालिमा जानका लागि उत्पादन बिभाग बनाएर आम उत्पादनको केन्द्रिकरण र बजारिकरण गर्न योजनाबद्व तरिकाले नमुना उत्पादन , उद्योगमा लागिरहेका छन। महत्वकांक्षी योजना ले गतिशिलता लिईरहेको नलगाड नगर र माओबादी पार्टी अहिले पनि आफ्नो रणनीति र कार्यनीतिक योजनाका साथ आम पार्टी सदस्यलाई गोलबन्द गर्दै २,८,८३ जनाको सक्रिय सदस्यताको कुशल ब्यपश्थापन गर्दै अघि बढिरहेको छ ।

आर्थिक , राजनैतिक , सामाजिक र संस्कृतिक रुपान्तरणका साथ सबल–सक्षम भएर अगाडी बढिरहेको ने.क.पा. (माओबादी केन्द्र) नलगाड , नलगाड नगर बासिको मात्रै होईन , प्रदेश ÷ संघ को पनि आशाको केन्द्र बनेको छ र बनिरहनेछ , हामी सबैको सुभेछ्छा छ थप सफल्ताको शुभकामना ।।

सन्दर्भ सामाग्री र श्रोत आधार नगर प्रमुख टेक ब.रावल माओबादी नेता डम्वर रावत (नवीन) र प्रशान्त शर्मा , सहिद तथा घाईते योद्वा परिवार राममाया हमाल ।

लेखक ः नलगाड नगरपालिका २ जाजरकोटका हुन ।
२०७८ माघ ९ दल्लि





error: Content is protected !!