हिउँले पशुपालनमै समस्य ः घास हिउँले पुरिएपछि

हेमन्त केसी
डोल्पा ,भारी हिमपातका कारण उपल्लो डोल्पाको पशुपालन व्यवसायमा समस्य उत्पन्न भएको छ । स्थानीयबासीले पालन गरेका बाख्रा , चौँरीगाइ, भेडा , जुमा, झोपा, घोडा र लुलुगाइ आहारा खुवाउन समेत मुस्किल भएको हो ।
चरिचरण क्षेत्रमा लिनका लागि बाटो हिउँले पुरिएको र सबै पाटन क्षेत्र हिउँले ढाकेका कारण घरपालुवा जनावरलाइ आहारा खुवाउन समस्य भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए । स्थानीय रुपमा उत्पादन हुने उवा ,गहुँको पराल लगाएतका घासहरु पनि प्रयाप्त नहुँने भएकाले अन्य अन्न समेत दिनुपर्ने बाध्यता रहेको छ ।
स्थानीय आफैँले खानाको लागि अन्न प्रयाप्त नभएको समयमा पशुचौपायलाइ कसरी दिनु अध्यक्ष गुरुङले भने,‘ १५ हजार रुपैयाँ तिर्दा सम्मा पनि १ क्वीन्टल चालम पाइदैन , अन्य अन्नको कुरा छोड्नु न ? ’
उनले अहिले हिउँले घाँस ढाकिएकाले पशुभाउको पेट भर्न नसकिएको बताए । लगातारको हिमपातका कारण पशु व्यवसाय संकटमा परेको तिन्जेका स्थानीयबासी सोनाम मिङगजम गुरुङले बताए ।
उनले हिउँले घाँस पुरिएपछि मानिसका लागि साँचिएको आहारा पिडो बनाएर पशुभाउलाई खुवाउने गरिएको बताए । ‘मानिसका लागि जम्मा गरिएको अन्न अहिले पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘केही दिन अझै हिउँ परिरह्यो भने भोकभोकै चौपाय मर्नुपर्ने अवस्था आउँछ।’
उपल्लो डोल्पामा अन्न कम उत्पादन हुन्छ। भारी हिमपातका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुइ वर्ष देखि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गरेको छैन । स्थानीय उत्पादनले समेत नपुग्ने बताउदै सिमेनका तिन्ले लुन्दुपले राज्यले उपल्लो डोल्पाका सर्वसाधारणलाइ नागरिक नै नमानेके बताए ।
निजी क्षेत्रबाट समेत खाद्यान्न लगाएत अन्य पशुचौपायका लागि आहार ढुवानी गर्न सक्ने अवस्था छैन उहाँले भन्नुभयो । सदरमुकामसँग सम्पर्क विच्छेद भएको समेत उनले बताए ।










