यो हिउँको कथा मात्र होइन ?

उपल्लो डोल्पा / हिउँको कथा मात्र होइन , बास्तविक जिन्दगीको खास मर्म सहितको भाव पनि हो । दुइ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम , सिमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्बसाधारणको बास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन , सिमा रेखामा बस्दा विना बर्दीको सिमाको सुरक्षा अर्को चुनौती पनि हो ।

माटोको माया गर्नु र सिमानामा रही सिमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरु जहाँ राज्यले सुन्दैँन । स्रोत माथीको पहुँच समेत फलामको चिउरा झैँ हँुदै आएको छ । बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिदैँन । भुगोल , मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाइ नागरिको अधिकार पुर्णरुपमा राज्यले प्रत्यभूति गर्नुपर्छ जय उपल्लो डोल्पा अनि यहाँको पीडा ।





error: Content is protected !!