प्रचण्डकाे क्षेत्र भएकोले चितवन चर्चामा – अध्यक्ष प्रचण्ड

कुशल दर्लामी चितवन/ प्रेस सेन्टर नेपालको चौथो महाधिवेशन भरतपुर महानगरपालिकामा स्थित प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दहाल्को अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”को प्रमुख आतिथ्यमा उद्घाटन समारोह सप्पन्न भएको छ।
उक्त कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष किशोर श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल,राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष बिनोद पहाडी,अनेरास्ववियु अध्यक्ष पन्चा सिंह भरतपुर महानगरपालिका रेनु दहाल लगाएत नेता कार्यकर्ता प्रेस सेन्टर नेपाल करिब १ हजार ५ सय प्रतिनिधि पर्यवेक्षकको उपस्थितिमा कार्यक्रम भएको हो। चितवन देशको मुख्य राजनीतिको केन्द्र बन्नुको बारे देशको मध्यभागमा भएका कारण सबैलाई आउन सहज हुनुको मुख्य कारण हो अर्को चितवनमा हेर्न लाएक धेरै ठाँउहरु छन् अझै भन्नेको भने यो प्रचण्डको क्षेत्र भएकाले सबैको रोजाईमा परेकाे माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए !





error: Content is protected !!