ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु , श्रीमती घाइते

जाजरकोट – सुक्रबार विहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ७ औलमा रा १ प ४४१२ नम्वरको ट्याक्टर दुर्घटना श्रीमान मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।
आठबीसकोट नगरपालिका ७ दाजेबाट वडा ९ राडी झदै गरेको ट्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक गोपाल बि कको घटना स्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना बि क घाइते भएकी छिन ् ।
उनको आठबीसकोट नगर अस्पतालमा उपचार कार्य जारी रहेको नेकपा ( माओवादी केन्द्र) आठबीसकोटका नगरकमिटिका अध्यक्ष रबी केसीले बताए ।










