कांग्रेसको प्रदेश अधिवेशन आज

नेपाली काँग्रेसको सातवटै प्रदेशमा अधिवेशन आज उद्घाटन हुँदैछ । काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ। बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।

प्रदेश १ मा देउवा सिटौला पक्ष एक ठाउँमा

काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।

निर्वाचन समिति संयोजक भरतबहादुर थापाका अनुसार बिहीबार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन हुने छ । यस प्रदेशमा एक हजार ६७१ मतदाता छन् । कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री रहने छन् । अधिवेशनले पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रदेश १ को सभापतिमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा उद्धव थापालाई मैदानमा उत्रिने तयारी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूह समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने नेताहरूको तयारी छ।

प्रदेश २ को सभापति सर्वसम्मत गराउने निधिको प्रयास

प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ । प्रदेश अधिवेशन समितिका संयोजक रमेश रिजालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । नेता महेश शङ्कर गिरीका अनुसार यस प्रदेशमा १ हजार ९८० मतदाता छन् । देउवा पक्षले प्रदेश २ को सभापतिको उम्मेदवारमा कृष्णा यादवलाई अगाडि सार्ने भएको छ भने पौडेल समूहबाट सप्तरीका पूर्वसभापति रामकुमार यादवलाई अगाडि सार्ने तयारी छ ।

यस्तै केन्द्रमा सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले रामसरोज यादवलाई प्रदेश २ को सभापतिको उम्मेदवार बनाउने छन् । निधिले गृह प्रदेश २ मा प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका यादवलाई सर्वसम्मत सभापति बनाउन चाहेका छन् । त्यसका लागि निधिले सभापति देउवासँग पनि संवाद गरिरहेको बुझिएको छ ।

बागमती प्रदेशमा त्रीपक्षीय भिडन्तको सम्भावना

काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा हुँदैछ ।​ प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसारका अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको अधिवेशन हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशमा काँग्रेसका एक हजार ९६० मतदाता छन् । प्रदेश कार्यसमिति पदाधिकारीसहित ८१ सदस्यीय हुन्छ । त्यसमा हरेक जिल्लाबाट एक पुरुष र एक महिला अनिवार्य हुन्छ । २२ जना खुला र २६ जना समानुपातिक सदस्य रहने छन् ।

प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । यता नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।

देउवा समूहको उम्मेदावरी घोषण, पौडल समूह छलफलमा

गण्डकी प्रदेश प्रदेश अधिवेशन पोखरामा बिहीबार मध्यान्ह १२ः३० मा उद्घाटन हुन्छ प्रदेश अधिवेशन संयोजक गोपालमान श्रेष्ठले प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको बताए । उनका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

गण्डकी प्रदेश निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाका अनुसार प्रदेश एक हजार १०० भन्दा बढी मतदाताले प्रदेश कार्यसमितिको नेतृत्व चयन गर्ने छन् । गण्डकी प्रदेश सभापतिमा देउवा समूहले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई अगाडि सारेको छ । जोशीको नेतृत्वमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई उपसभापति र सामाजिक विकासमन्त्री स्याङ्जाका मेखलाल श्रेष्ठलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी देउवा पक्षको तयारीमा छ ।

वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा उनको समूहबाट ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रराज शर्मा, देवराज चालिसे, यज्ञबहादुर थापा र रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुमध्येबाट एक जनालाई सभापतिको उम्मेदवारी बनाउन वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार छलफलमा छ ।

लुम्बिनी प्रदेशमा भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने छ । गृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण प्रदेश अधिवेशनको संयोजन गरेका छन् ।

लुम्बिनी प्रदेशका निर्वाचन संयोजक डा। बुद्धबहादुर थापाका अनुसार बिहीबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिने छ । उक्त प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् ।

देउवा पक्षले सांसद भरत शाहलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको छ । पौडेल समूहले भने रोल्पाका पूर्वसभापति अमरसिंह पुनलाई सभापति बनाउने भएको छ ।

कर्णालीमा प्रदेश सभापति क कसको सम्भवना ?

कर्णाली प्रदेशमा पनि प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । प्रदेश अधिवेशनको संयोजन कर्णालीका मुख्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गरेका छन् । महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् । पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति यो अधिवेशनले चयन गर्नेछ ।

देउवा पक्षले कर्णालीमा ललितजंग शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ भने पौडेल समूहबाट भूपेन्द्रजंग शाही र दिपक शाहमध्ये एकलाई मैदान उतार्ने तयारी छ ।

देउवा समूहलाई उम्मेदवार छनोटमा सकस

सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा हुँदैछ ।​ कानुनमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेश अधिवेशन समितिको संयोजन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ७१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

१६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि छन् । उनीहरुले प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् । सभापति देउवाको गृह प्रदेशमा उनको समूहलाई प्रदेश सभापतिको उम्मेदवारी छान्न सकस परेको छ ।

देउवाको समूहबाट सुदूरपश्चिम प्रदेश सभापतिको उम्मेदवारका लागि कैलालीका पूर्वसभापति नरनारायण शाह ९मनु०, पूर्वराज्यमन्त्री गोविन्द शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग सिंह, पुष्प शाही र प्रदेशसभा सदस्य गोविन्द बोहोराले उम्मेदवारी घोषणा गरेका छन् । पौडेल समूहले भरत खड्कालाई अघि सार्ने वा देउवा समूहमा दुई उम्मेदवार भए एउटा उम्मेदवारसँग मिलेर जाने भनेर टुंगोमा पुग्न सकेको छैन ।





error: Content is protected !!