एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलको सचेतकमा देवी ओली

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छन्।

मंगलबारको दलको बैठकले उनलाई सचेतकको जिम्मेवारी दिएको हो। तीन सदस्यीय नेकपा (एस) को संसदीय दलका नेता चन्द्रबहादुर शाही छन्। उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन्।

नेकपा (एस) कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद पदमबहादुर रोकाया छन्। नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्दै आएको नेकपा ९एस०ले कर्णालीमा तीनवटा मन्त्रालयको दावी गरेको छ ।





error: Content is protected !!