प्रेस सेन्टर कर्णालीको अध्यक्षमा शर्मा

सुर्खेत ः प्रेस सेन्टर नेपाल कर्णाली प्रदशको अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न कर्णाली प्रदेशको दोस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेशकुमार शिर्पाली, उपाध्यक्षमा पूर्ण प्रसाद चौलागाई, प्रमुख सचिवमा धर्मराज जिसी, सचिवहरुमा तिलकराज वली, विवशकुमार सेजवाल, युद्धजित शर्मा, अर्जुनप्रसाद भट्टराई, उपेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ।

यस्तै, महिला सचिवमा देवका लामिछाने, दलित सचिवमा तिलसरा विक र कोषाध्यक्षमा गोपाल रेग्मीलाई सर्वसम्मत निर्वाचित भएका छन्।





error: Content is protected !!