आगामी आवधिक निर्वाचन जनमत संग्रह जस्तै हो ः इन्चार्ज शक्ति बस्नेत

सुर्खेत ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले आगामी आवधिक निर्वाचन सारमा जनमत संग्रह जस्तै हुने बताएका छन्।
यद्यपि उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको दाबी गरे। मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववनमन्त्री समेत रहेका बस्नेतले जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित्ने भन्नेबीचको निर्वाचन हुने ठोकुवा गरे।
२०६२र२०६३ को जनआन्दोलनमा संसद् पुनः स्थापनाको विषय उठाउने शक्तिले परिवर्तित राजनीतिक व्यवस्थाको नेतृत्व गर्दा देशले गति लिन नसकेको आरोप लगाए।विकसित राजनीतिक व्यवस्था र आर्थिक सामाजिक व्यवस्थाबीचको समन्वय नहुँदा देशले समृद्धिको गति पकड्न नसकेको बताए।
१२ बुँदे सम्झौताको आधारमा १९ दिने जनआन्दोलन भएको बताउँदै उनले माओवादीले राज्य पुनः संरचना र अन्य पार्टीले संसद् पुनःस्थापनाको नारा लिएर संयुक्त आन्दोलन भएको बताए।










