जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोट , १४ मंसिर ः जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकै साथ भर्चुअल माध्यम बाट पालिका अधिवेशनको उद्दघाटन गरे संगै यहाँका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको हो ।

नलगाड,भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ । अधिवेशनले यी पालिकामा नयाँ नेतृत्व समेत चयन गरेको छ । नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, जसको उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली सह–सचिवमा वीर बहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसहमत निर्वाचित भएका छन् ।

६५ जना सदस्सीयको नगर कमिटी बनाईएको छ । बारेकोट गाउँ कमिटी अध्यक्षमा हरीबहादुर थापा चयन भएका छन् । माओवादी केन्द्रको बारेकोटमा भएको गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन् । उपाध्यक्षमा योगेन्द्र सिंह , ओमबहादुर नेपाली, दलबहादुर सिंह , सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा, र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ । संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए । गाउँ कमिटी ६५ सदस्सीय बनाईएको छ ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्बसहमत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सह–सचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन् । यस्तै, जिल्लाको कुशे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार कुशेमा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशबाट गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मान बहादुर बिक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सह–सचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ । यतिवेला माओवादी केन्द्र जाजरकोटका नेताहरु अधिवेशनलाई लिएर यहाँका नेताहरु गाउँ केन्द्रित भएका छन् ।





error: Content is protected !!