माओवादी पहिलो दल बन्छ -प्रचण्ड , छार्काताङसोङ गाउँपालिका अध्यक्ष सहित दर्जन माओवादी केन्द्रमा प्रवेश

डोल्पा , नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओबादी फेरी पहिलो पाटी बन्ने दावी गरे । बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्ता भेटघाटमा प्रचण्डले अब थोरै कसरत गरे आउने निर्वाचनमा पहिलो पार्टी हुनेमा ढुक्क हुन भन्दै जनता सम्म पुग्ने कार्यकर्तालाइ निर्देशन दिए ।
उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा बिकास अपरिहार्य रहेको र त्यो कुरा माओबादीले मात्रै बुझेको बताए । शान्ती प्रक्रियामा आए लगत्तै माओबादीले पहिलो दल भएको भन्दै अब आउने निर्वाचनमा गठबन्धन कै सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रबृतीलाइ हराउने बताए ।
अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको बिकासमा आफूले जति पनि बजेट ब्यवस्था गने बताए । डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चिनको तिब्बतको क्याटो नाका हुदै बाँकेको जमुनाहा सम्म सड्क निर्माण गरि धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको समेत बताए ।

अध्यक्ष प्रचण्ड , कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत ,अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पामा बुधबार पुगेर आज सदरमुकाम दुनै पुगेका हुन् । डोल्पा पुगेको माओबादी सबै नेताहरुले जिल्लामा शसक्त रुपमा लाग्न र माओबादी पाटी बलियो बनाउन समेत आग्रह गरेका थिए ।
दुई दिनको डोल्पा भ्रमन सकेर प्रचण्डको टोली आजै काठमाण्डौ फर्किएको छ । छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुइ वटा वडा अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरु नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।











