नेपाली सेनाले बनायो रात्रीकालिन अवतरण गर्ने हेलिप्याड

हेमन्त केसी
जाजरकोट , तीनवटा मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले रात्रीकालिन अवस्थामा हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।

नेपाली सेनाको चन्दननाथ गणले श्रमदान सहित ९ लाख रुपैयाँमा उक्त रात्रीकालिन अवस्थामा पनि सजिलै हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताए । भेरी नगरपालिकाको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको उनले बताए ।
पटक, पटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारी स्थित विमानस्थल प्रयोग गर्दै आएको थियो । हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरु रात्रीकालिन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वषौदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थल प्रयोग गर्दा विरामीको अवस्था गम्भिर बन्ने देखि दुरी टाढा हुँदा राहतको काम समेत ढिला हुँदै आएको थियो ।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गण भित्र निर्माण गरिएको छ । श्री नं ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरी विधिवत रुपमा सञ्चालनमा ल्याइएको छ ।
बिभिन्न दुर्घटनाहरु देखि बिपत्ति एवं महामारीको बेलामा रातको समयमा समेत आपतकालिन अवस्थाका सिकिस्त बिरामीहरुको हेलिकप्टरबाट उद्धार गरी ज्यान वचाउन एवं बिपतको समयमा पिडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा गण हाता भित्र निर्माण सम्पन्न भएको उक्त हेलिप्याडले सहयोग पु¥याउने चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोटका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले विश्वास व्यक्त गरे ।
अघिल्लो वर्ष बारेकोट गाउँपालिका –४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतीको समयमा समेत नेपाली सेना नै घटनास्थलमा पहिलो पटक पुगेको थियो । जिल्लाको विकास निर्माणमा समेत सेनाले आफ्नो भारी पहल , सहकार्य गर्दै आएको छ । नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) मा पहँुँच मार्ग निर्माण देखि सुरक्षाको जिम्मेवारी समेत सेनाले लिएको छ । त्यस्तै सेनाले चन्दननाथ बाबा( शिव)को मन्दिर निर्माण गरी सर्वसाधारणलाइ धार्मिक आस्थाप्रति उजागर बनाउने काम समेत गर्दै आएको छ ।











