भेरीले खटायो दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी

जाजरकोट – दादुराको संक्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ ।
यहाँका विद्यालयमा गएर सबै विद्यार्थीहरुलाइ दादुराको संक्रमण भए , नभएको बारेमा जाँच भइरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो ।

आजको जाँचले थप दुइ जनामा दादुरा संक्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ , गाउँमा गएर बालबालिकामा दादुरा संक्रमणको अवस्था बुझने क्रम सुरु भएको उहाँले बताउनुभयो । हप्ता दिन अघि मात्र रावतगाउँका दुइ जना बालबालिकाको नमुना संकलन गरी नेपालगन्ज पठाएकोमा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो ।
त्यसपछि भेरी नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर ,घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।
नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमण दर बढ्न थालेको पछि २०२३ मा उन्मुलनको लक्ष्य सारिएको छ ।





error: Content is protected !!