विरामी भर्ना जाजरकोट , उपचार चौरजहारी

हेमन्त केसी
जाजरकोट – जाजरकोट अस्पतालमा डाक्टरको संख्या झण्डै १० को हाराहारीमा रहेको छ । कर्णाली प्रदेश सरकारले अस्पताल र स्वास्थ्य सेवा कार्यालय एकै द्धार अनुसार सञ्चालन गर्ने निर्णय अनुसार स्वास्थ्य सेवा कार्यालय मताहातमा अस्पताल रहदै आएको छ । जाजरकोट अस्पताल विगत ४ वर्ष भन्दा बढी समय देखि ५० शश्याको नामबाट सञ्चालन भएको छ । ५० शश्यामा हुनुपर्ने मापदण्ड भने कुनै नहुँदा दैनिक विरामीहरु भर्ना भएर उपचार गर्न चौरजहारी सिफारिस गर्ने मुख्य थलो हुँदै आएको छ ।
हात भाँचिएको , दाँत निकाल्न सम्मको हैसियात निर्माण हुन नसकेको जाजरकोट अस्पताल छिमेकी जिल्लाको अर्धसरकारी अस्पतालले लाज छोपिदिएको छ । १० जना डाक्टरको पालो हप्तामा १ पटक मात्र डिउटी पर्ने गर्दछ । डाक्टरले नै कार्यालय प्रमुख टिकाराम न्यौपानेलाइ नर्टेदा उनी हैरान छन् । अस्पतालको समस्या समाधान भन्दा पनि जसले जे भन्छ उत्तै हुन्छ भनेर अगाडी बढ्दा उहाँको कार्यकाल सुखद हुन नसकेको सरोकारवाला निकाय बताउँदै आएका छन् ।
न्यौपानेकै कारण बीचमा कार्यालय प्रमुखबाट हटाएर सुनिल पुनलाइ ल्याइ स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको थियो । सुनिल पुन पढ्नका लागि बाहिर गएपछि फेरी अनेक दबाब दिएर कार्यालय प्रमुख भएका न्यौपानेले अस्पताल सुधारको लागि चाँसो नदिएको मात्र होइन , बिबादै बिबादका कारण स्वास्थ्य सेवा कार्यालय विरामी भएको कर्मचारीहरु बताउँछन् ।
बिबाद पनि यहाँ सम्माकी अस्पतालमा कार्यरत नसिङ स्टापको प्रमुख नेप्लिजा पुनले बनाएको डिउटीको कागज समेत अन्य कर्मचारीले च्यातेर फाँक्ने सम्मको काम भएको स्वास्थ्यका एक कर्मचारीले बताउनुभयो । पुनलाइ सो फाँटको साचो समेत दिइएको छैन । सो बिबाद मिलाउन नेपाली कांग्रेसको माथेल्लो थाप्ले स्थित कार्यालयमा कार्यालय प्रमुख न्यौपाने सहित कांग्रेसको आस्था राख्ने कर्मचारीहरु पुगेर हारगुहार समेत मागेको तथ्य समेत सार्वजानिक भएको छ । स्वास्थ्य सेवा कार्यालको बिबाद दलको कार्यालयमा पुगेपछि अन्य कर्मचारीहरु चकित परेको बताउँदै आएका छन् ।
सामान्य समस्या परेकी आफैँ समस्याको समाधान गर्नुको ठाउँमा दलको कार्यालय चहादा निजामती कर्मचारीहरु कसरी राजनीतिकरण गरेर समस्यालाइ आफू अनुकुल बनाइ समाधान गर्न तल्लिन छन् भन्ने पुष्टि गरेको रुष्ट कर्मचारीहरु बताउँछन् ।
स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि आउने अधिकांश विरामीहरु उपचार भन्दा सास्ती महसुस गरेर बाहिर जिल्लामा उपचार गर्न जान बाध्य भएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर टकेन्द्र रोकायले बताउनुभयो । नेतृत्वको कम्जोरीका कारण सबै कुरा हुँदाहुँदै पनि सही व्यवस्थापन हुन नसकेको जानकारहरु बताउँदै आएका छन् । दैनिक जाजरकोटको स्वास्थ्य सेवा कार्यालयले विश्वास गुमाउदै गएको समेत आभास हुन थालेको छ । एकातीर शश्या थप हुँदै जाने अर्को तीर विश्वास गुमाउदै जाँदा जाजरकोटी जनताको घर नजिकै उपचार पाउने अधिकार समेत कटौती भएको नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले बताउनुभयो ।
राज्यले करोडौँ लगानी गरेर निर्माण गरिएका संरचना , औजारहरु काम गर्ने कार्यशैली तथा इच्छाशक्ति कम्जोर भएको व्यक्तिको हातमा पर्दा विकास भन्दा बिनासको बाटो तीर धकेलिएको उहाँको आरोप छ । कर्णाली प्रदेशको तीन ठाउँमा मात्र ५० शश्याका अस्पताल छन् । जो एक जाजरकोटको स्वास्थ्य सेवा कार्यालय हो । विना आफैँ सँग भएर पनि बिनाकै आशमा भैतारिने कस्तुरी झैँ जिल्ला अस्पताल हुँदा सर्बसाधारणहरु पीडा पोखिरहेका छन् । भरपर्दो सुत्केरी सेवा देखि ग्रामिण क्षेत्रका स्वास्थ्य क्षेत्रको अनुगमण ,नियमण र सल्लाह त धेरै परको विषय भइसक्यो । आफै भित्रको कुरा मिलाउन नसक्दा स्वास्थ्य सेवा कार्यालय थलालिङग अवस्थामा पुगेको छ । कार्यालय प्रमुख र प्रशासन फाँटको सुव्बाको समेत बोलचाल बन्द भएको महिना दिन पुगीसकेको छ ।
चार वर्ष अघि खरिद गरिएको लाखौको औषधिको बिल समेत स्वास्थ्य सेवा कार्यालयले भुक्तानी गर्न सकेको छैन । जय नेपाल र लालसलामका फोन र गफले स्वास्थ्य सेवा कार्यालय दैनिक आफ्नो साख गिराउदै आएको छ । दैनिक उपचारमा आउने विरामी भर्ना मात्र गर्ने ,अथ उपचारका लागि रुकुम पश्चिमको मेसिन अस्पताल चौरजहारीमा पठाउने काम मात्र जाजरकोटको जिल्ला अस्पतालले गरेको भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम खड्काले बताउनुभयो । नाम मात्र ५० शश्य भएपछि हामीले आशा गर्नु ,यहाँले भन्नुभयो ।










