ओपिडीमा आउनुपर्ने अहिले किन आएको भन्दै विरामी जाँच गर्न अस्वीकार

जाजरकोट ः ओपिडीमा आउनुपर्ने किन अहिले किन आएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत डाक्टर रोहीत दाहालले विरामीलाइ हप्काउने गरेको गुनासो बढेको छ ।

उर्लाबारी मोरङ घर भइ जाजरकोटमा एक वर्ष देखि कार्यरत डाक्टर दाहाल रुखो व्यवहारकै कारण विरामीहरुले उपचार नै नगरी फर्कने गरेको गुनासो बढीरहेको अस्पताल प्रशासनले जनाएको छ । कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष करार सेवामा पठाइएका डाक्टर दाहाल विरामीसँग झगडा गर्ने , अहिले किन आएको भन्दै नचाहिने प्रश्न गर्ने लगाएका व्यवहारबाट विगत देखि नै बिबादमा मुछिदै आएका थिए । सुक्रबार नलगाड –८ की सारिका केसीलाइ उपचार अत्यधिक ज्वारो आएपछि अस्पताल लगिँएको थियो ।

उपचारको लागि गएका विरामीलाइ अहिले किन आएको र ओपिडीमा नआएर अहिले किन आएको भन्दै डाक्टर दाहालले आफन्तलाइ हप्काएपछि आफन्तले बिरामी जतीबेला भए त्यतिबेला ल्याउनु पर्ने भो , अगाडी बिरामी नै नभएको समयमा किन अस्पताल ल्याउनु पर्ने उत्तर दिएका थिए । डाक्टर दाहाललाइ विरामीका आफन्तले अरु कुरा नगरौँ बरु छिटो विरामी हेरिदिनुपर्र्यो भनि आग्रह गर्दा डाक्टरले म हेर्दिन भनेर जवाफ दिएका थिए । विरामीका आफन्तले अस्पताल प्रशासनमा गएर डिउटीमा नरहेको डाक्टर अमिन शाहसँग सारिकाको जाँच गराइ फाम्रेसीबाट औषधि लिएको बताएका छन् ।

डाक्टर दाहालको डिउडी हुँदा उपचारका लागि आएका सबै विरामीलाइ उपचार भन्दा पनि हप्काउने , रुखो बोली गरी तर्साउने , मनोबल गिराउने लगाएका व्यवहारका कारण समस्या हुँदै आएको अन्य स्वास्थ्यकर्मीहरु बताउँछन् । विरामीको मनोबल बढाएर उपचार गर्नुको साटो ,विरामीसँग बिवाद गर्ने अनि उपचार नै नगर्ने गैरजिम्मेवारी डाक्टरका कारण जाजरकोट धेरै विरामीले दुख पाएको बताएको छ । अस्पताल प्रशासनले धेरै पटक सम्झाउदा पनि डाक्टर दाहालले नमानेको समेत बताएको छ ।

बिरामी हुँने कुरा समय तोकेर हुने नभइ जतीबेला पनि विरामी हुने गर्छन । डाक्टरले चाहेको समय बिरामी हुने कुरा संसारमै नभएको माग दाहाल डाक्टरले तेर्साउदै आएका छन् । करार सेवामा कार्यरत डाक्टर दाहाल बिवादित पृष्ठभूमिबाट सेवा दिँदै आएका छन् । कयौन पटक अन्य स्वास्थ्यकर्मीसँग समेत उनले बिवाद गदै आएको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!