नलगाडबाट हप्ता दिनमा हतियार सहित तीन पक्राउ

जाजरकोट – नलगाड नगरपालिकाबाट हप्ता दिन भित्र हतियार सहित तीन जना पक्राउ परेका छन् ।
गएराती नलगाड नगरपालिका – १० कोटी सल्लाका ५६ वर्षीय मोहन बिकालाइ हतियार सहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिए । ईलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले बि.क.लाई पक्राउ गरेको डिएसपी थापाले बताए ।
१५ थान गोली समेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका –८ मैदे र कुसेनीबाट दुइ जनालाइ पक्राउ गरिएको थियो ।










