नेप्सेको सीईओबाट राजीनामा ः पदीय मर्यादा मिचेको छैन

काठमाडौं ः नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका छन् । ‘मैले कुनै पदीय मर्यादा विपरीत काम गरेको छन, विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको हो,’ राजीनामा बुझाएपनि  कुराकानी गर्दै साउदले भने,’तर अनुसन्धानलाई सहयोग पुर्‍याउनका लागि मैले पद छाडेको हुँ ।’

मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका थिए ।

साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!