जेठ २ कै संरचनामा लैजान खोजे हामी प्रश्न उठाउँछौं

काठमाडौँ ः एमालेaको स्थायी कमिटी बैठक मंगलबार तीन बजे बस्दैछ । यो बैठकमा पार्टी एकताका लागि यसअघि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि एमालेको ओली र पूर्व नेपाल समूहमा रहेका मझधारका नेताहरू मोडालिटी बनाउन जुटिरहेका छन् । मझधारका नेताहरूले पार्टीभित्रको एकताका लागि यसअघि माओवादी केन्द्रसँगको एकता हुनुअघि २०७५ जेठ २ का संरचना क्रियाशील बनाउनुपर्ने बताइरहेका छन् । तर अहिले एमालेभित्र पूर्व माओवादी समूहबाट मिसिएका नेताहरू पनि छन् । उनीहरू भने जेठ २ को एमाले संरचनाले पार्टीभित्रको विवाद समाधान नहुने धारणा राखिरहेका छन् ।
मंगलबारका लागि स्थायी कमिटीको बैठकमामा जाने तयारीमा रहेका पूर्वमाओवादी धारबाट जोडिएको एमाले स्थायी कमिटी सदस्य मणि थापाले उनीहरूको धारणा यसरी सुनाएः
हामी तीन बजेको बैठकमा हामी जान्छौं । भीम रावलहरूले भन्दै आउनु भएको १० बुँदे कार्यान्वयन स्प्रिट के त्यो ठ्याक्कै थाहा छैन । अध्यक्ष केपी शर्मा ओलीले अक्षरसः लागू गर्ने कुरा गर्नुभएको छ । तीन जनाको सानो समिति बनेको छ । त्यो समितिले कुन स्प्रिटमा मस्यौदा तयार पर्छ । त्यो मस्यौदा ओली कमरेड र भीम रावल कमरेडलाई पनि चित्ता बुझ्नु पर्यो । सामान्यतः हामीलाई पनि चित्त बुझ्नु पर्यो । कार्यदलको कुरा तीन वटैलाई चित्त बुझ्ने गरी आउँछ कि आउँदैन हेरौं ।
केपी कमरेडले पनि मौखिक आउँदा सबै पालन गर्ने भनिहाल्नु हुन्छ तर लिखित आउँदा कुन स्तरमा स्वीकार गर्नु हुने हो र भीम रावल कमरेडले कुनस्तरमा खोज्नु भएका हो रु दुवैको दाउपेच भित्र हुने हो कि रु कुन स्प्रिटमा आउँछ थाहा छैन हेर्न बाँकी छ ।
हामीले भन्दै आएको जेठ ३ गते हो । जेठ २ को विषयमा आउँदा अध्यक्ष कमरेडले निरन्तर रुपमा हाम्रो विषयलाई राखिराख्नु भएको छ । त्यही भएर अध्यक्षको कुरालाई निरन्तर रुपमा मानेर आएको हो । यदि जेठ दुईमै फर्किने स्थिति बन्यो भने र उहाँहरूको बटमलाइन बन्यो भने हामीले प्रश्न उठाउँछौं ।
जेठ ३ को अध्यक्षको रुपमा स्वीकार गरेर हामी दशौं महाधिवेशन आयोजक कमिटीमा बसेका हौं । हामी एमाले र माओवादी कसैको पनि निरन्तरतामा होइनौं । हामीले नेकपाको पहिलो अध्यक्षलाई समर्थन गरेको हो । एमाले र माओवादी अदालतले बनाइदिएको हो । उहाँहरू अदालतको पछि कुद्नु भयो । राजनीतिक दल अदालतको निर्णयमा कुद्नु भयो । एकतामै सबै अडिनु पर्दथ्यो ।
अदालतको फैसालपछि नयाँ तरिकाले पुनर्संगठित गर्न लाग्नुपर्ने थियो । राजनीतिक रुपमा सजिलो हुने भएकाले उहाँहरू पछि फर्किनु भयो । माओवादी र एमाले दुवैपछि फर्क्यो । नेकपा हुँदा पनि हामी एकताको पक्षधर हौं । घनश्याम भुसालहरू पनि एकताको पक्षधर हुनुहुन्थ्यो र यहाँ आइपुग्नु भयो । प्रचण्ड र ओली कमरेडलाई हामी मिलाउन लागेका हौं ।
अदालतको फैसलापछि पुरानोतर्फ फर्किने होइन, नेकपाको निरन्तरताको रुपमा पहिलो अध्यक्षलाई हामीले समर्थन गरेको हो । ओली कमरेडसँगको कुरा त्यही हो । उहाँले पुरानो नभै नयाँ एमाले हो भन्नु भएको छ । तर अदालतको फैसलाले बाध्यकारी भयो भन्ने मात्रै स्वीकार्ने भन्नु भएको छ । रुपमा पुरानो एमाले भयो तर सारमा नयाँ एमाले हो । यो एमाले अदालतले बनाएको तर्के छ । अध्यक्ष ओलीसहित उहाँलाई समर्थन गर्ने टोली यो विषयमा कन्भिन्स नै हुनुहुन्छ ।
राजनीतिक रुपमा त्यसलाई समर्थन गरेर आएका छौं । जेठ २ भनेर देशव्यापी रुपमा संरचना बनाउन खोज्नु भयो र जडसुत्रीय रुपमा लैजान खोज्नु भयो भने त्यसमा हाम्रो थोरै प्रश्न भने रहने छ । यो हामी चारै जनाको धारणा हो । यसमा एक प्रतिशत पनि शंका छैन । जेठ २ को मात्रै विषयले केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्न खोज्नु भएको छ भने त्यो पुरा हुँदैन र अर्कोतर्फ प्रचण्डको पनि पुरा हुँदैन ।










