नांगो क्षेत्र हरियो बनाउन वृक्षारोपण

जुम्ला – जुम्लाको नांगो क्षेत्र हरियो बनाउन १० हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । जुम्लाका विभिन्न पालिकामा १० हेक्टर जमिनमा बृक्षारोपण गरिएको हो ।
जिल्लाको हिमा, तातोपानी र तिला हिमा गाउँपालिका–६ डाडाबाडामा ३ हजार ५ सय, तातोपानी–७ सर्मिमा ४ हजार ६ सय, तिला– ७ तुहिमा ३ हजार गरी ११ हजार १ सय विरुवा वृक्षारोपण गरिएको हो ।
समुदायमा आधारित वृक्षारोपण कार्यक्रममा सल्ला, देवद्यार, पिपल, ढटेलो, बकाइनो, धुपी र गुराँसको विरुवा रोपिएको पेस नेपाल अन्तरगतको क्याप्स कर्णाली परियोजनाले जनाएको छ । समुदाय आफैले २ हजार ६ विरुवाहरु रोपेका छन् । गएको साउन ७ देखि १५ गते सम्म ती ठाउँमा क्षारोपण गरिएको हो ।
वृक्षारोपणमा जनप्रतिनिधिहरु तथा स्थानीयको सहभागीता थियो। वृक्षारोपणले नांगो क्षेत्र हरियो हुने, भूमिको संरक्षण हुने, पानीको मुहान नसुक्ने र जलवायु परिवर्तनले पारेका नकरात्मक प्रभावसँग जुध्न र त्यसको असर न्युनिकरणमा मद्दत मिल्ने स्थानीय बताउँछन् ।
वृक्षारोपणको क्रियाकलापले स्थानीयलाई जंगल बचाउनु पर्ने सन्देश दिएको छ । जब सम्म वन जंगल जोगाउन सकिदैन् तब सम्म अनेकन जलवायु परिवर्तनका नकरात्मक असरको सामना गर्नुपर्ने भएकाले खाली क्षेत्रमा वृक्षारोपण गरिएको हो ।








