संसारका चार धाममध्येको एक छायाँनाथ धामको तीर्थयात्रा शुरु

मुगु, ३१ साउन । विश्वका चार धाममध्येको एक छायाँनाथ धामको तीर्थयात्रा आइतवारबाट शुभारम्भ भएको छ । आइतवार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेको भगवान शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायाँनाथ लगेपछि aआजबाट तीर्थयात्रा सुरु भएको हो ।

मुगु मकाम रोङ गाउँपालिका डोल्फुमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा आजबाट प्रारम्भ भएको यहाँका पुजारीले बताएका छन् ।

हरेक वर्ष साउन शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवताका रुपमा छायानाथ ठाकुरको मूर्ति पवित्रधाम छायाँनाथमा नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ । आइतवार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटसँगै सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा पुग्ने गरेका छन् ।

जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायाँनाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ। छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् ।

आइतवार प्रस्थान गरेको टोली अबको ९ दिनपछाडि अर्थात पूर्णिमाका दिनमा फर्किने छ ।





error: Content is protected !!