कांग्रेस विवाद ः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौँ ः नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार दिउँसो राजीनामा घोषणा गरेका हुन् ।

केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य सुधीर कुमार शिवाकोटीले जानकारी दिए । कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उक्त व्यवस्था हटाउनुपर्ने उनीहरुको माग छ ।

राजीनामा दिनेहरुको मागप्रति पार्टी सभापति शेरबहादुर देउवा भने सकारात्मक देखिएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजीनामा दिने नेताहरुको नामावली

१। कुमार खड्का (कास्की)
२। बालकृष्ण पाण्डेय (नेजस भारत)
३। किरणराज शर्मा पौडेल (बाग्लुङ)
४। आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५। नरेन्द्रकुमार चौधरी (सुनसरी)
६। हसन अन्सारी (मोरङ)
७। नन्दनकुमार दत्त (सुनसरी)
८। रमा कोइराला पौडेल (सुनसरी)
९। कृष्णकिशोर घिमिरे (दाङ)
१०। गोपालकुमार बस्नेत (झापा)
११। सुधीरकुमार शिवाकोटी (झापा)
१२। मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३। ध्रुव वाग्ले (तनहुँ)
१४। मोहनसिंह राठौर (कैलाली)
१५। शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६।अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७। दयाराम पाण्डे (लम्जुङ)
१८।जनकराज कलौनी (डडेल्धुरा)
१९।राजेन्द्रबहादुर सिंह
२०।दिलीप राई
२१।आशाराम चौधरी
२२।भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)




सम्बन्धित समाचार


error: Content is protected !!