दुईजना मृत भेटिए

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालामा २ जना मृत फेला परेका छन् ।
धान गोड्ने भनेर घरबाट निस्किएका कुशे– ५ का ४८ बर्षीय जीतबहादुर थापा र सोही ठाउँ बस्ने ५६ बर्षीय साइमल कामी सुक्रबार दिउसो मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धान गोड्न गएका उनिहरु ५ दिनदेखि सम्पर्क विहिन भएका थिए ।
सम्पर्क विहिन लगतै स्थानीयले खोजि कार्य गर्दा आज उनिहरु खोला किनारका मृत भेटिएका हुन् । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।










