हप्ता दिन भित्र शिक्षक , भारतीय नागरिक सहित चार लागुऔषध सहित पक्राउ

जाजरकोट ,  हप्ता दिन भित्र जाजरकोटमा शिक्षक ,भारतीय नागरिक सहित ४ जना लागु औषध कारोबारी पक्राउ परेका छन् । आज बिहान मात्र भेरी नगरपालिका –२ डिगाका ५० बर्षीय चक्रबहादुर थापा र वडा नं ४ का विजय भारतीलाई चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।
शनिवार मात्र लुकाइछिपाई अवैध लागु औषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले बसपार्कबाट पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षी उबेद खानलाई सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेस सहित पक्राउ गरिएको थियो ।
उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताउनुभयो । थापा कालिका आधारभूत विद्यालय डिंगाका शिक्षक हुन् ।





error: Content is protected !!