लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिने भएका छन् । स्रोतका अनुसार प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् ।

केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मङ्गलवार बेलुका बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए । आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक पनि बोलाइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!