जुनिचाँदेका वडाध्यक्ष नेपाली पक्राउ

जाजरकोट , जुनिचाँदे २ का वडाध्यक्ष रामबहादुर नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाइ प्रहरीले आज पक्राउ गरेको हो । आजै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय , जाजरकोटले जनाएको छ ।

सर्पेलाइ बन्धक बनाएपछि प्रहरी आएर बन्धक मुक्त गरेको थियो । नेपालीले यो भन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाइ कुटपीट गरेका थिए । त्यसको समेत अध्यक्ष नेपालीको मुद्धा टुँगिएको छैन । त्यो भन्दा अघि स्थानीय यूवाहरुसँग बिबाद हुँदा नेपाली आफैँ घाइते भएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!