तेलमा आत्मनिर्भर बनाउन गाउँभरी सुर्यमुखी र तोरी

डोल्पा संवाददाता

डोल्पा – कृषकलाइ तेलमा आत्मनिर्भर गरि आर्थिक रुपमा बलियो बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले अभियान चलाएको छ । कृषकलाइ अनुदान दिएर सुर्यमुखी र तोरी खेती गर्न लगाइ कृषकमैत्री योजना तिब्रता दिइएको छ ।


अहिले मुड्केचुला गाउँपालिका भित्रका सबै वडामा सुर्यमुखी र तोरी फुलेर साचिक्कै सुन्दरता थपिएको छ । राष्ट्रिय तथा स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बालि बस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम लागु गरि मुड्केचुला गाउँपालिका कृषि विकास शाखाले तोरी तथा सुर्यमुखी पकेट बनाइ काम गरिरहेको छ । कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/ ७८ मा अनुदान अन्तरर्गत खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बाली बस्तुको साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) बनाइ काम सुरु गरेपछि अहिले त्यसको परिणाम देखि थालेको शाखा प्रमुख श्रवणकुमार बुढाले जानकारी दिनुभयो ।

कृषक समुहले मार्फत गरिएको यो कार्यबाट कृषकहरु समेत सुर्यमुखी ,तोरी खेती गर्न उत्साहित भएको प्रमुख बुढाले जानकारी दिनुभयो । उत्पादनमा हिसावले समस्यमूलक रहेको डोल्पामा गाउँपालिकाले नै अनुदान दिएर खेती गर्न सहायता गरेपछि आफूहरु उत्साहित मुड्केचुला गाउँपालिका –५ सुरको मुड्केचुला नागरिक सचेतना कृषक समुहले जानकारी दिएको छ । मुड्केचुलाको सान , स्थानीय तेल उत्पादन भन्ने मुल नाराका साथ खेती सुरु गरिएपछि बाहिर जिल्लाबाट आयात गरेर अब तेल प्रयोग गर्ने कार्य बन्द हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । सबै वडाहरुमा अहिले सुर्यमुखी र तोरी फूल फुलेर लहलह भएकोले परिणाम पनि राम्रो आउने सम्भावना बढेको अध्यक्ष शाहीले बताउनुभयो ।
ओखर र स्याउँको व्यवसायिक अभ्यासबाट उत्साहित भएको गाउँपालिका अहिले फेरी तेल उत्पादनका लागि अर्को अभियानमा जुटेको उहाँले बताउनुभयो ।

बर्षेनी मकै आकाशे पानीको भरमा मकै मात्र लगाउने मुड्केचला बासी अहिले मकैसँगै तोरी र सुर्यमुखी खेती तर्फ लागेको कृषक ममता सिंहले बताउनुभयो । वर्षेनी खाद्यान्न , तेल खरिदमा मात्र करोडौँ रकम खर्च हुने डोल्पामा अब उत्पादन प्रर्णाली समेत बलियो बनाउनुपर्नेमा कृषकहरुले माग राख्दै आएको सिंहले बताउनुभयो । अहिले वर्षेबालीका रुपमा लगाएका यि बालीहरुको कृषि विकास शाखाबाट प्राविधिकहरुद्धारा अनुगमण तथा कृषकसँग छलफल गर्ने काम भएको बताएको छ । तोरी र सुर्यमुखी लगाउदा त्यसको हुर्कने अवस्था , मलको अवस्था र त्यसबाट आउने प्रतिफलका विषयमा कृषकसँग आगामी रणनीतिका विषयमा छलफल भइरहेको प्रमुख बुढाले बताउनुभयो ।

त्यसका लागि माटो जाँच , माटोको अमलिय पन अनि जमिनको अवस्था समेतलाइ ध्यान दिनुपर्नेमा कृषकहरुको तर्क छ । तल्लो क्षेत्रमा पर्ने मुड्केचुला अन्य पालिका भन्दा उत्पादनका हिसावले राम्रो मानिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!