भेरी खवर मिडियाबाट शाही र सिंहलाइ सम्मान गर्ने


जाजरकोट ः प्रत्यक वर्षमा दुइ जना कर्मचारीलाइ सम्मान गर्ने कार्यक्रम अनुसार भेरीखवर मिडिया मार्फत खुल्ला रुपमा हामीले सबैको मत मागेको थियो । सोही मतका आधारमा भेरी खवर मिडियाले खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय ,जाजरकोटका प्रमुख ज्वालाराज शाही र नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह छनोटमा पर्नु भएको छ । उहाँहरुलाइ भेरी खवर मिडियाको तर्फबाट प्रमाणपत्र र नगदले सम्मान गर्न लागिएको छ । सिंह स्थानीय तह स्थापना भएसँगै एकै पालिकामा रहेर काम गरिरहनु भएको छ भने शाहीले आफ्नो तलव दिएर कार्यालयको काम गर्ने कर्मचारी थप गर्नुभएको छ ।










