काठेपुलसँगै घट्ट बगायो

नन्दा शाही
डोल्पा ः लगातार परेको अविरल बर्षाका कारण बिहीबार बेलुकी डोल्पाको ठुलिभेरी नगरपालका –६ दुरगाउँ स्थित खोलामा काठेपुल , पानी घट्ट बगाएको छ ।

कोठेपुल बगेसँगै स्थानीयवासीलाइ आवतजावत गर्न समस्य भएको छ । घट्ट बगाएसँगै करिव ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयबासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । त्यस्तै स्थानीय घट्टेखोला जलविद्युत आयोजनाको विद्युत सञ्चालन गर्नका लागि जाने बाटो नै अवरुद्ध भएपछि दुइ घण्टा लामो बाटो प्रयोग गर्नुपरेको कार्कीले बताउनुभयो ।

त्यस्तै दुरगाउँकै हिमालय आधारभुत विद्यालयको भवन पहिरोले भत्काएको छ । विद्याय भत्काएसँगै नयाँ कसरी बनाउने चिन्ता थपिएको छ । वडा नं ६ कै यार्सागुम्वा संकलन गर्ने रुपपाटनमा लिएका २० गाइ,गोरु मरेका छन् । निरन्तर पानी पर्दा चिसोका कारण गाइगोरु मरेको हुन् ।

त्यस्तै जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको मात्रा बढेका कारण अस्थायी रुपमा हालिएको काठेपुलमा क्षती भइ समस्य भएको ठुलिभेरी नगरपालिकाका नगरप्रमुख गणेसबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध
जाजरकोट सदरमुकाम र अन्य ६ वटा स्थानीय तहको सञ्चार सेवा बिच्छेद भएको छ । निरन्तर बर्षाका कारण टेलिफोन टावरमा रहेका सोलारमा चार्ज नहुँदा टावरहरु अवरुद्ध भएका हुन् । सदरमुकाममा समेत तीन दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ । फोन सेवा नहुँदा कुशे गाउँपालिका ८ र ९ का ७ जना बेपत्ता स्थानीयको बारेमा जानकारी आउन सकेको छैन ।





error: Content is protected !!