चौरजहारीमा अक्सिजन प्लान्ट

जाजरकोट – १ करोड १६ लाख रुपैयाँमा चौरजहारी अस्पतालमा अक्सिजन पलान्ट जडान कार्य सुरु भएको छ ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ चौरजहारी अस्पतालमा पलान्ट जडान गर्नका लागि चौरजहारी नगरपालिकाले उक्त पलान्ट खरिद गरेको हो ।

दैनिक ३० देखि ४० वटा सम्म अक्सिजन सिलिन्डर भर्न सक्ने उक्त पलान्टको क्षमता रहेको छ । बिरामीको अत्यधिक चाप अस्पतालमै हुने भएकोले नगरपालिकाले उक्त पलान्ट जडान चौरजहारी अस्पतालमा गर्न लागेको नगरपालिकाका सूचना अधिकारी ज्ञानु गौतमले बताउनुभयो ।

अरोमा ईन्टरप्राइजेज , घट्टेकुलो काठमाडौँले पलान्ट खरिदको जिम्म लिएको थियो ।
चौरजहारी अस्पताललाइ प्रदेश सरकारले अनुदान दिएर कोरोना जाँच र उपचारका लागि विशेष महत्व दिदै आएको छ । चौरजहारीमा पलान्ट आइपुगेकोले केही दिनमै जोड्न सुरु हुने गौतमले बताउनुभयो ।





error: Content is protected !!