आहा बारेकोटको साईकुवारी ठाकुरजी ( फोटो फिचर)

जाजरकोट ः बारेकोटको उत्तरी सिमानामा अवस्थित साईकुवारी ठाकुरजी यस क्षेत्रको धार्मिक हिसाबले पवित्र र पर्यटकीय हिसाबले निकै संभावना बोकेको गन्तव्य हो । समुद्री सतहबाट अधिकतम ५ हजार मिटर उचाइमा रहेको ठाकुरजी पाटन क्षेत्रमा दर्जन बढी साना ठुला ताल तलैयाहरु रहेका छन् ।

यहाँबाट अवलोकन गर्नसकिने कराईचुली हिमाल, कान्जिरोवा हिमाल तथा अन्य सुन्दर घाँसे मैदान, पठारहरुले यहाँ पुग्ने जो कोहीको मनलाई निकै रोमान्चक र उद्वेलित बनाईदिन्छ । यहाँ फुल्ने रङ्गी विरङ्गी फुलहरु, पाटनमा चरण चर्दै गरेका घोडा, भेडा, गाइभैसी लगायतका चौपायाको दृश्यले स्वर्गको आभाष दिलाउँछ ।

यहाँको अमुल्य जडिबुटी, लेकाली वनस्पतिको वास्नाले मान्छेको आधा रोग त्यत्तिकै सन्चो बनाउँछ । यहाँ पाईने विश्वकै लोपोन्मुख रेडपान्डा, हिमाली गिद्ध, चीर काली, डाँफे, कस्तुरी लगायतका पशुपन्छि यहाँका अमुल्य सम्पती हुन् । यस क्षेत्रको तीव्र प्रचार र प्रसार गरी सम्बन्धित सरोकारवाला निकायले यहाँ आवश्यक पुर्वाधारहरु जस्तै ः पदमार्ग, वास बस्ने घर, मन्दिर, आवश्यक स्थानमा सिढी, होमस्टे तालिम, पर्यटकका लागि नक्सा ९डिजिटल० उचाई र दुरी संकेत आदि कार्यहरु तत्काल गर्नुपर्दछ । यहाँको पर्यटकिय संभावनाले बारेकोट मात्रै होईन समग्रमा जाजरकोटकै कुल ग्राहस्थ उत्पादनको ग्राफलाई माथि उठाउन सकिनेमा दुई मत छैन ।

कमजोर र निकम्मा जिल्लाको राजनीतिक नेतृत्वले आफ्ना कार्यकर्तामुखी कार्यक्रमहरु ल्याएर राज्यको ढुकुटी सकिरहेका छन् । अब पर्यटन क्षेत्रमा पर्याप्त लगानी गरि जाजरकोटको नयाँ पहिचानलाई स्थापित गर्न हामी सबै जो जहाँ छौं त्यहीबाट लाग्नुपर्ने समय आईसकेको छ ।

यहाँसम्म पुग्नका लागि सबैभन्दा उत्तम सिजन जेठ पहिलो साता देखि असोज मसान्तसम्म मानिन्छ । यहाँ पुग्नका लागि समय र रुट (मेरो अनुभवमा) यस्तो रहेको छ ।

खलंगा दह (बाईकमा ४ घन्टा)
दह भेडीगोठ (देउराली ८ देखि १२ घन्टा पैदल)

अथवा दहबाट लाग्नासम्म पनि बस्न सकिन्छ (दहदेखि लाग्ना ३देखि ४ घन्टा)
लाग्ना ः भेडीगोठ ४देखि ६ घन्टा)
भेडिगोठ ( शङ्ख दह २ घन्टा )
शङ्ख दह (साईकुवारी ठाकुरजी २ घन्टा)
(ठाकुरजी भेडीगोठ ३ घन्टा)
भेडीगोठ ः देखि दह ८ घन्टा)
दह खलङ्गा ४ घन्टा
शब्द तस्बिर ःसुरेन्द्र सुमन




सम्बन्धित समाचार


error: Content is protected !!