आफ्ना बच्चालाई किन पढाउने घरछेउका स्कूल

बिष्णुमाया सिग्देल
.
छोराछोरीलाई घर नजिकैको स्कूलमा पढाउने बित्तिकै हतार(हतार गाडी चढाएर स्कूल पठाउने टण्टा हुँदैन, उनीहरूले स्कूल जाँदा-आउँदा पाउने सास्ती घट्नेछ।

स्कूल नजिक नहुँदा डेढ घण्टा हिँडेर पढन जान्थेँ म गाउँमा। शहरमा घरनजिकै स्कूल भएपनि एक-डेढ घण्टा लगाएर स्कूल जान्छन् बालबालिकाहरू। त्यसो गर्दा स -साना, कलिला बालबालिकालाई कति दुःखकष्ट भएको होलारु कस्तो मानसिक तनाव भइरहेको होला रु उनीहरूको सिक्ने क्षमतामा कति ह्रास आइरहेको होलारु मैले एउटा शिक्षकको नाताले पनि त्यस्ता बालबालिकालाई नजिकबाट देखेकी -भोगेकी कुरा यहाँ लेख्दैछु।

कोरोनाले गर्दा गत वर्षदेखिका शैक्षिक क्रियाकलापमा धेरै प्रभाव परेको छ। कोरोनापछि धेरै बालबालिकाले पढ्न पाएका छैनन्। अनलाइन पढिरहेकालाई भने केही हाइसञ्चो भएको छ। बिहानै उठेर हतार-हतार गाडी चढ्नु जानुपरेको छैन। जाममा फँसेर थकित हुनुपरेको छैन। दोस्रो लहर कहिलेसम्म लम्बिने हो, टुङ्गो छैन। जेहोस्, अझै केही महिना स्कूल जाने हतार छैन उनीहरूलाई।

हरेक शैक्षिक सत्र शुरू हुनलाग्दा अभिभावकहरूमा छोराछोरीलाई कुन स्कूलमा राख्ने भन्ने चिन्ता हुनथाल्छ। स्कूलप्रति आकर्षण गर्ने विज्ञापन पनि उत्तिकै आउँछन्। यसपालि कारोनाका कारण शैक्षिक सत्रको शुरुवात केही पछि सरेकोले घरघरमै थन्किएका अभिभावकलाई लक्षित गरी सोसल मिडिया र समाचार साइटहरूमा विज्ञापन आउन थालेका छन्।

पहिले-पहिले सुविधासम्पन्न भवन, ठूला-ठूला खेलमैदान, स्विमिङ पुल देखाएर गरिएका विज्ञापन देखेर शैक्षिक सत्रको शुरूमा स्कूल भिजिट गर्न आउने अभिभावकको लर्को लाग्थ्यो। यसपालि स्कूलले नै आफ्नो भौतिक पूर्वाधार समेटिएको भिडियो बनाएर सोसल मिडियाबाट प्रचार-प्रसार गर्न थालेका छन्।

यो शैक्षिक सत्रका लागि अनलाइनबाट भर्ना शुरू भैसकेको छ। अघिल्ला वर्षमा जस्तो स्कूल हेरेर दङ्ग पर्दै स्कूल फेर्ने शायद कमै होलान् यो वर्ष। हामीले अब स्कूल कसरी छान्ने भन्दा पनि नजिकैका स्कूलमा कसरी राख्ने भन्ने सोच्नुपर्ने बेला आएको छ।

दुई वर्षअघि मैले पढाउने विद्यालयबाट एकजना अभिभावकले बच्चालाई अर्को स्कूल लैजानुभयो। स्कुल मन नपरेपछि बच्चाले नजाने बाहाना गर्न थाले। पढन जान बाबुआमाले कर गर्न थालेपछि कहिले पेट दुख्न, कहिले पेट पोल्न थालेछ। धेरै औषधि गर्दा पनि निको भएन। अन्ततः एकजना बालरोग विशेषज्ञलाई देखाइयो। डाक्टरले बच्चासँग कुराकानी गरेपछि रोगको कारण पत्ता लागेछ( स्कूल परिवर्तन।
हामी छोराछोरीको भविष्य उज्ज्वल बनाउन नाम कहलिएको स्कूलमा पढाउन चाहन्छौँ। यस्तो सोच्नु नराम्रो त होइन, तर त्यसो भन्दैमा छोराछोरीलाई पढिरहेको स्कूलबाट छुटाएर अरू स्कुलमा डुलाइराख्नु नि राम्रो होइनजस्तो लाग्छ मलाई। यसो गर्दा शिक्षक तथा शैक्षिक वातावरण फरक पर्छ, साथीहरू फेरिन्छन्। हेर्दा सामान्य जस्तो लागे पनि यसले बालबालिकाको सिकाइमा धेरै फरक पारेको मैले पाएकी छु।

दुई वर्षअघि मैले पढाउने विद्यालयबाट एकजना अभिभावकले बच्चालाई अर्को स्कूल लैजानुभयो। केही दिन त उनी खुशी नै भएर नयाँ स्कूल गए। तर पछि उनलाई त्यहाँको शैक्षिक वातावरण मन परेन। कोही पनि उनको साथी हुन सकेनन्। अर्को दिनबाट उनले स्कूल नजाने बाहाना गर्न थाले। पढन जान बाबुआमाले कर गर्न थालेपछि कहिले पेट दुख्न, कहिले पेट पोल्न थालेछ। धेरै औषधि गर्दा पनि निको भएन। अन्ततः एकजना बालरोग विशेषज्ञलाई देखाइयो। डाक्टरले बच्चासँग कुराकानी गरेपछि रोगको कारण पत्ता लागेछ -स्कूल परिवर्तन।

डाक्टरले उनलाई पहिलेकै स्कूलमा लैजान सुझाव दिएछन्। ६ महिनापछि उनलाई पहिलेकै स्कूलमा भर्ना गरियो। पछि उनको सबै रोग निको भयो। सबै बालबालिकाको स्वभाव एकैखालको हुँदैन। कसैले व्यक्त गर्छन्, कसैले गर्दैनन्। उनका अभिभावकले स्कूल फेरेकै कारण यस्तो भएको होला भन्ने सोचेका पनि थिएनन्। उनका अभिभावकले समयमै विशेषज्ञलाई देखाएर कारण पत्ता लगाए। तर अरू कैयौँ अभिभावकले त्यसो नगरेकाले धेरै बालबालिका मर्कामा परेका हुनसक्छन्।

हामीले बालबालिकालाई नै सोध्यौँ भने पनि सजिलै उत्तर पाउँछौँ। मैले पढाएका धेरै बालबालिकाले ‘मलाई त यहीँ पढ्न मन थियो मेरो बाबाआमाले अर्को स्कूल जाने भन्नुहुन्छ’ भनेर गुनासो गरेका पाएकी छु। यसको मतलब स्कूल फेरिदिने त हामी नै हौँ। एकछिन चर्चा गरौँ, अभिभावकले स्कूल फेरिदिने प्रमुख कारण के हुँदा रहेछन्।

हरेक बालबालिकाको क्षमता फरक हुन्छ। बालबालिकाको उमेर, लिङ्ग, जातजाति, बाबुआमाको पेशा, भाषिक पृष्ठभूमि, भौगोलिक अवस्था, प्रदेशस्तरका आधारमा सिकाइ फरक हुने कुरा शैक्षिक गुणस्तर केन्द्रको सिकाइ उपलब्धिसम्बन्धी अध्ययनहरूले देखाएका छन्।
अरूका छोराछोरीसँग तुलना

हामी धेरै कुरा दाँज्न मन पराउँछौं। कसैसँग भेटनासाथ उनीहरूका छोराछोरीसँग आफ्ना छोराछोरीको तुलना गर्छौं। ठूलो(सानो, दुब्लो(पातलो, मोटो(घाटो, उमेर आदिसँगै पढाइको पनि तुलना हुन्छ। मैले एकपटक आफ्नी आठ वर्षकी छोरीलाई नजिकैको सरकारी कार्यालयको पुस्तकालय लगेकी थिएँ। त्यहाँका कर्मचारीले छोरीलाई उनको उमेर तहका केही अङ्ग्रेजी किताब देखाएर शीर्षक पढ्न लगाए। छोरीले सबै पुस्तकका शीर्षक फटाफट भनिन्। उनले फेरि नेपाली किताबका शीर्षक पढन लगाए, ती पनि शुद्धसँग पढिन्। छोरीले राम्ररी पढेको देखेर छक्क पर्दै उनले स्कूलको नाम र पढ्ने कक्षा सोधे। हामी बाबुआमाका बारेमा पनि सोध्न भ्याए।

उनका पनि आठ वर्षकै छोरा रहेछन्। तर उसले यसरी दुवै भाषाका किताब पढ्न सक्दैन भन्ने गुनासो गरे। त्यो स्कूल नै राम्रो छ कि क्या हो भन्दै मसँग स्कूलबारे सोधखोज गरे। धेरै बेरको कुराकानीपछि मेरी छोरीकै स्कूलमा आफ्नो छोरा पढाउने लालसा देखाए। एकै बसाइमा बच्चालाई दाँज्ने उनको प्रवृत्ति मलाई मन परेको थिएन। तर पनि मैले उनको सोचाइप्रति कुनै प्रतिक्रिया जनाइन। छोराछोरीको राम्रो पढाइ हुने स्कूल खोज्नु राम्रै हो। तर उनले जस्तो हतारमा निर्णय गर्नुभन्दा घरनजिकैको उपयुक्त स्कूल खोज्नु राम्रो हो।

हरेक बालबालिकाको क्षमता फरक हुन्छ। बालबालिकाको उमेर, लिङ्ग, जातजाति, बाबुआमाको पेशा, भाषिक पृष्ठभूमि, भौगोलिक अवस्था, प्रदेशस्तरका आधारमा सिकाइ फरक हुने कुरा शैक्षिक गुणस्तर केन्द्रको सिकाइ उपलब्धिसम्बन्धी अध्ययनहरूले देखाएका छन्। हामीले कतै आफ्नो अगाडि देखेको कुरा नै सबैथोक ठानेर निर्णय गरेका त छैनौँ। विद्यालयको पढाइ, शिक्षकको योग्यता, स्कूलका अतिरिक्त क्रियाकलापहरूबारे बुझ्दैनबुझी छोराछोरीलाई अर्कैै स्कूल लैजान हतारिन्छौँ।

टाढा पढ्न पठाउँदा स्कूल छुट्टी भएपछि काठमाडौँको जाम सहेर बच्चाबच्ची घर पुग्दा रात परिसकेको हुन्छ। बाबुआमा खाना तयार गर्न थाल्छन्। छोराछोरी गृहकार्य गर्दागर्दै निदाइसक्छन्। मन लगाएर खाना खान पनि पाउँदैनन्।
एकल परिवार

पछिल्ला जनगणनाले शहरमा परिवारहरू साना–साना हुँदै गएका देखाएको छ। संयुक्त परिवार भेट्न मुस्किलै पर्छ। प्रायः परिवारमा बाबुआमा र छोराछोरी मात्रै हुन्छन्। बाबुआमा जागिरे। छोराछोरीको हेरविचार गर्ने कोही नभएका कारणले पनि उनीहरूलाई टाढाको स्कूलमा हाल्ने गरेको कति अभिभावकहरूबाटै सुनेकी छु। घरमा भन्दा स्कूलमा छोराछोरी सुरक्षित हुन्छन् भनेर त्यसो गरिँदोरहेछ।

टाढा पढ्न पठाउँदा स्कूल छुट्टी भएपछि काठमाडौँको जाम सहेर बच्चाबच्ची घर पुग्दा रात परिसकेको हुन्छ। बाबुआमा खाना तयार गर्न थाल्छन्। छोराछोरी गृहकार्य गर्दागर्दै निदाइसक्छन्। मन लगाएर खाना खान पनि पाउँदैनन्। बालबालिकाले घर(छरछिमेकमा एकआपसमा खेल्ने, बाबुआमासँग बोल्ने समय गुमाएका छन्।

जिम्मेवारी नलिने प्रवृत्ति

बालबालिकाको स्कूल परिवर्तन गर्ने अर्को कारण बाबुआमाले जिम्मेवारी लिन नचाहनु पनि हो।स्कूलमा त्यत्रो शुल्क तिरेकोले सबै काम स्कूलले गरिदेओस् भन्ने हामी चाहन्छौँ। खाली स्कूल र शिक्षकलाई जिम्मेवारी दिएर पन्छिन खोज्छौँ। अरू बेला छोराछोरीको पढाइ र उपलब्धि नहेर्ने, परीक्षाफलको दिन चासो राख्ने धेरै अभिभावक भेटेकी छु। कति अभिभावकलाई त परीक्षाको नतिजा लिन पनि विद्यालय आउने फुर्सद हुँदैन। छोराछोरी अर्को कक्षामा पुगिसक्दा पनि रिपोर्टकार्ड स्कूलमै रहिरहन्छ।

वर्षभरि छोराछोरीले के गरिरहेका छन्, कस्तो पढिरहेका छन् चासो नदेखाउने र अन्तिममा पढाइ राम्रो भएन भन्दै स्कूल फेरिदिने अभिभावक धेरै पाइन्छन्। कति अभिभावकले अरूका कुरा सुनेपछि आफैँ कुरो बुझ्ने जाँगर पनि देखाउँदैनन्। कस्ता साथीभाइ छन्, उनीहरूले कस्तो सल्लाह दिन्छन् त्यही आधारमा छोराछोरीको स्कूल फेर्ने निर्णय हुन्छ। बालबालिकाहरूलाई थाहै हुँदैन। उनीहरूलाई सोधिएको पनि हुँदैन। उनीहरू आफैँ बोल्न सक्दैनन्। यसबाट पनि धेरै बालबालिका मर्कामा परेका छन्।

सार्वजनिक शिक्षाप्रति विश्वास घट्दै गएको छ। निजी विद्यालय र त्यसमा पनि धेरै शुल्क भएका विद्यालयको शिक्षा राम्रो हुन्छ भन्ने व्यापक जनविश्वासले जरा गाडिसकेको छ। शहरका सार्वजनिक विद्यालयमा अलि कमाइ हुनेले मात्र होइन, निम्न आय हुनेले समेत् छोराछोरी पढाउन चाहँदैनन्।
आर्थिक अवस्था

अभिभावकको आर्थिक अवस्थाले गर्दा पनि स्कूल परिवर्तन हुनेगरेको छ। निजी स्कूलहरूले मासिक शुल्कबाहेक धरौटी, भर्ना, वार्षिक शुल्क, यातायात, परीक्षा, अतिरिक्त शुल्क आदि विभिन्न शीर्षकमा लिने शुल्कहरू पनि कारण बन्दा रहेछन्।

वर्षेनि बढ्दै जाने विद्यालयको शुल्क र बजारको महङ्गीले मध्यमवर्गमाथि प्रभाव पारेको हुन्छ। अभिभावकहरूको, खासगरी जागिरे अभिभावकको, कमाइ त्यो अनुपातमा बढेको हुँदैन। यस्तोमा खर्च कटौती गर्ने एउटा उपायका रूपमा छोराछोरीलाई थोरै शुल्क लाग्ने स्कूलको खोजी गरिन्छ।

सार्वजनिक शिक्षाप्रति विश्वास घट्दै गएको छ। निजी विद्यालय र त्यसमा पनि धेरै शुल्क भएका विद्यालयको शिक्षा राम्रो हुन्छ भन्ने व्यापक जनविश्वासले जरा गाडिसकेको छ। शहरका सार्वजनिक विद्यालयमा अलि कमाइ हुनेले मात्र होइन, निम्न आय हुनेले समेत् छोराछोरी पढाउन चाहँदैनन्।

उता व्यापारिक उद्देश्यले खुलेका विद्यालयका रङ्गीचङ्गी विज्ञापनले पनि अभिभावकहरू रनभुल्लमा पर्दछन्। हरेक सय मिटरको दूरी आसपासका स्कूलबीच प्रतिस्पर्धा छ। एउटा स्कूलले अर्कोको भन्दा धेरै वा थोरै शुल्क लिने, तर पढाइ र अन्य क्रियाकलाप उस्तै लाग्ने गरी विज्ञापन गरेपछि अभिभावक झन् रनभुल्लमा पर्दा रहेछन्। शुरूमा नदेखाइने र पछि लगाइने शुल्कले पनि अभिभावकलाई पिरल्दो रहेछ। यसले गर्दा अभिभावकहरू स्कूल फेर्न भौँतारिएका देखिन्छ।

विचार गरौँ, यी सबै कारणले ‘नजिकको तीर्थ हेलाँ’ भनेजस्तै कतै घरनजिकैका स्कूल हेलाँमा परेका त छैनन्रु हामीले विचार नपुर्या‍एकै कारण छोराछोरीले अनावश्यक दुःख पाइरहेका त छैनन्रु छोराछोरीलाई घर नजिकैको स्कूलमा पढाउने बित्तिकै उनीहरूलाई हतार(हतार गाडी चढाएर स्कूल पठाउने टण्टा हुँदैन। उनीहरूले स्कूल जाँदा(आउँदा पाउने सास्ती घट्नेछ। एकछिन कल्पना गरौँ त केटाकेटीहरू गर्मीमा शहरको जाममा परेर गाडीभित्र घण्टौँ थुनिनुपर्दाको सास्ती१

हामी सबैले बच्चाबच्चीलाई नजिकैको स्कूलमा पठाउने हो भने शहरको ट्राफिक जामलाई समेत् घटाउन ठूलो मद्दत पुग्नसक्छ।





error: Content is protected !!