कोभिड–१९ मा अक्सिजन ः हरेकले जान्नै पर्ने कुरा

काठमाडौं ः कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक बढ्यो ।अक्सिजन उद्योगहरूलाई अस्पतालको माग धान्न गाह्रो भयो । बिरामीका आफन्त नै अक्सिजनको जोहो गर्न खाली सिलिण्डर बोकेर उद्योग–उद्योगमा पुगेर लाइन लाग्न बाध्य भए । भोलि आइपर्न सक्ने संकटको सम्भावनालाई लिएर सर्वसाधारणले अक्सिजन सिलिण्डर घरमा भण्डारण गर्ने होडबाजी नै चल्यो । अक्सिजनको आपूर्ति व्यवस्था मिलाउन सरकारलाई हम्मेहम्मे पर्‍यो ।

पछिल्लो समय कोभिड संक्रमण घट्दै गइरहेको भनिएको छ । तर अस्पतालमा बिरामीहरूको चाप भने घटेको छैन । विशेष गरेर आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप अत्यधिक छ ।

प्राविधिक ज्ञान भएर होस् वा नभएर घरघरमा अक्सिजन सपोर्ट लिएर धेरै संक्रमितहरू बसिरहेका छन् । अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिण्डरको माध्यमबाट अक्सिजन सपोर्ट लिइरहेका छन् ।

यसरी अक्सिजन लिनु प्राविधिक हिसाबले फरक–फरक मास्कहरूको प्रयोग गर्नु जरूरी हुने विज्ञहरू बताउँछन् । जसरी लिए पनि अक्सिजन लिने त हो नि भनेर हचुवाको भरमा विभिन्न प्रकारका मास्कको प्रयोग गर्दा ज्यानै जाने जोखिम हुने विज्ञहरू बताउँछन् । त्यति मात्रै होइन कुन अवस्थामा अक्सिजन लिने भन्ने ज्ञान नहुँदा बिरामी थप जटिल बन्ने चिकित्सकहरूको भनाइ छ ।

मानव शरीरमा हुनुपर्ने अक्सिजनको मात्रा, यसको मात्रा घट्दा आइपर्ने शारीरिक समस्या, त्यसलाई सन्तुलन गर्न प्रयोग गरिने विविध उपकरण लगायतका पक्षबारे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका सहप्राध्याकप एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा। निरज बमको सुझाव यहाँ प्रस्तुत गरिएको छ –

बिरामी कुन अवस्थामा हुँदा अक्सिजन सपोर्ट चाहिन्छ ?

कोभिड–१९ ले फोक्सोमा संक्रमण गराउँछ । श्वासप्रश्वासको क्रममा नाक र मुखबाट श्वासनली हुँदै भाइरस फोक्सोको तन्तु तथा कोषहरूमा गएर बस्छ । फोक्सोमा भाइरसले आक्रमण गर्न थालेपछि विशेषगरी यसले क्रिया–प्रतिक्रिया उत्पन्न गराउँछ ।

यसले गर्दा फोक्सोको अन्तिम बिन्दु अल्भेवलीमा एकखालको तरल पदार्थ जम्न पुग्छ । त्यसबेला बिरामीलाई श्वास–प्रश्वासमा सकस उत्पन्न हुन थाल्छ र ग्याँसको ओहोरदोहोर प्रक्रियालाई नै अवरोध गर्दछ । यसरी फोक्सोमा निमोनिया देखापर्छ । यो अवस्थामा छातीको एक्सरेमा दाग देखापर्छ ।

विकारयुक्त तरल पदार्थको कारणले अल्भेवलीबाट अक्सिजन रगतमा पठाउने र कार्बनडाइअक्साइड शरीरबाट बाहिर निकाल्ने कार्यमा असन्तुलन पैदा हुन्छ । जुनबेला बिरामी ‘रेस्पिरेटरी फेलर’को अवस्थामा पुग्छ तत्काल श्वासप्रश्वासमा कठिनाइ हुनसक्छ र त्यसबेला कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटरमा लैजानुपर्ने हुन्छ ।

स्वस्थ मानिसमा अक्सिजनको लेभल कति हुनुपर्ने हो ?

स्वस्थ मानिसमा अक्सिजन लेभल ९५ देखि १०० प्रतिशत हुन्छ । दम, खोकी जस्ता दीर्घरोगीका बिरामीमा ९० देखि ९२ प्रतिशत हुन्छ । उनीहरूमा अक्सिजन कम नै हुन्छ । जब निमोनिया लगायत कोभिडको संक्रमण फोक्सोमा देखापर्छ, तब फोक्सोले अक्सिजन दिने क्षमता घट्छ । फोक्सोबाट शरीरमा अक्सिजन जाने प्रक्रिया अवरोध हुन्छ ।

अक्सिजनलाई डिफ्यूजन हुन दिंदैन । तर कार्बनडाइअक्साइड फाल्ने प्रक्रिया चाहिं भइरहन्छ । त्यसबेला अक्सिजन सपोर्ट चाहिन्छ ।

अक्सिजन कम भएको कसरी थाहा पाउने त ?

धेरै खोकी लाग्दै जाँदा शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ ।
सास फेर्न गाह्रो हुने हुन्छ ।
रिंगटा लाग्ने, शरीरमा थकान महसूस हुने हुन्छ ।
शरीर दुख्ने, पोल्ने समस्या आउँछ ।
निदाउन गाह्रो हुन्छ ।
अक्सिजन लेभल ९५ प्रतिशतभन्दा कम हुँदा सास फेर्न गाह्रो भए जस्तो अनुभव हुन्छ ।
९२ प्रतिशतभन्दा तल झर्‍यो भने जीउ पोले जस्तो हुन्छ । श्वासप्रश्वासको गति बढ्छ ।
९० भन्दा तल झर्दा टाउको गह्रौं हुन्छ, पसिना आउन थाल्छ ।
अक्सिजन लेभल ८८ भन्दा कम हुन थालेमा ओठ र जिब्रो निलो हुन थाल्छन् । हात र शरीरमा कम्पन आउन थाल्छ । प्रति मिनेट श्वासप्रश्वास क्रिया ३०/३५ भन्दा बढी हुन थाल्छ ।
रिंगटा लाग्ने, वान्ता आउने, पसिना बेस्सरी आउने, एक्लै हिंड्न नसक्ने, मांसपेशीमा निकै थकान महसूस हुन्छ ।
त्यसो भए अक्सिजन लेभल कति हुँदा के गर्ने ?

आफूलाई कोरोना संक्रमण भएको आशंका लाग्यो भने समय–समयमा पल्स अक्सिमिटरको सहायतामा अक्सिजन लेभल जाँच गरिरहनुपर्छ । यदि अक्सिजन लेभल ९५ देखि ९२ प्रतिशत देखायो भने त्यो बेला शरीरमा अक्सिजन मेन्टेन गर्न घोप्टो आसनमा सुत्नुपर्छ । आफू बस्ने कोठाको झ्याल–ढोका खुल्ला राख्नुपर्छ । दैनिक १२र१४ घण्टा लामो–लामो सास फेर्ने प्रक्रिया जारी राख्नुपर्छ । आधादेखि एक घण्टाको फरकमा दायाँ–बायाँ कोल्टे फेरेर सुत्ने गर्नुपर्छ । यो प्रक्रियालाई दिनभर नै निरन्तरता दिनुपर्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

शरीरमा अक्सिजन लेभल ९२ भन्दा तल झर्‍यो भने अक्सिजनको सहयता लिनैपर्छ ।

शरीरमा अक्सिजन लेभल झर्दै गएर ८८ भन्दा कम हुनपुग्यो भने शरीरको विभिन्न अंगलाई असर गर्न थाल्छ ।
प्रेसर लो हुन जान्छ ।
मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन । पिसाब कम गराउँछ ।
सोच्नै नसक्ने बनाउँछ ।
बिरामी बरबराउने हुन्छ ।
कलेजोको इन्जाइम बढ्ने समस्या आउँछ ।
शरीरको अन्य अंगहरूमा पनि अक्सिजनको अभाव हुन जान्छ ।
त्यसैले अक्सिजन लेभल ९२ भन्दा तल त झर्नै दिनुहुँदैन । योभन्दा तल झर्न थाल्यो भने तत्काल अस्पताल भर्ना हुनुपर्छ ।

के घरमा अक्सिजन प्रयोग गर्नु उचित हो रु

घरमै अक्सिजन कतिले प्रयोग गरे भन्ने आँकडा छैन । कतिले गर्दैछन् भन्ने आँकडा पनि राखिएको छैन । तर कतिपय व्यक्तिले घरमै अक्सिजन लगेर आफैंले प्रयोग गर्ने गरेका छन् । यसको प्रयोग गर्न नजान्दा केहीले ज्यान समेत गुमाएका घटना बाहिर आएका छन् ।

अक्सिजन आवश्यकता अनुसार दुई लिटर, तीन लिटर गरेर बढाउँदै लैजानुपर्ने हुन्छ । मनिटर वा पल्स अक्सिमिटरको सहायताले अक्सिजन लेभल ९२र९३ मा ल्याउने कोशिश गर्नुपर्ने हुन्छ ।

बिरामीमा अक्सिजन लेभल घट्न थाल्यो भने अक्सिजन लेभल बढाउनुपर्ने हुन्छ । त्यसका लागि मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसबाट पनि अक्सिजन मेन्टेन भएन भने नन् रिब्रिदिङ मास्क ९एनआरएम०को प्रयोग गर्नुपर्ने हुन्छ । त्योभन्दा अगाडि भेन्चुरी मास्क पनि प्रयोग गर्न सकिन्छ । फेस मास्क र नन् रिज्भ्वायर मास्कको बीचमा भेन्चुरी मास्कको प्रयोग गर्न सकिन्छ । यसमा प्रतिशत घटाउँदै लगिन्छ र दुई लिटरमा ल्याएर बन्द गर्ने गरिन्छ । बढाउँदा पनि भेन्चुरी मास्कबाटै बढाइन्छ ।

अक्सिजन मेन्टेन हुन सकेन, अक्सिजन लेभल घट्दै जान थाल्यो, बिरामी बेहोश अवस्थामा पुग्यो, होश हराउँदै जान थाल्यो, बिरामी छट्पटाउँदै जान थाल्यो, मुटुको चाल बिग्रन थाल्यो भने भेन्टिलेटरमा राखेर उपचार थालिन्छ । यतिबेला बिरामीलाई बेहोश बनाएर मुखबाट इन्ट्युबेसन ट्यूब फोक्सोको नली ट्राकियासम्म राखेर भेन्टिलेटर मेसिनमा जोडिन्छ ।
घरमै अक्सिजन लगाउँदा मास्क र भेन्चुरी कुनबेला प्रयोग गर्ने भनेर थाहा नहुन सक्छ । नोजल क्यानुलाबाट पाँच लिटरभन्दा माथि अक्सिजन दिनै सकिंदैन । त्यसका लागि त फेस मास्कको आवश्यक हुन्छ । पाँच लिटरभन्दा कम दिनुपर्‍यो भने फेस मास्कले काम गर्दैन । तीन लिटरमा लगाएर फेस मास्क प्रयोग गरियो भने रिब्रिदिङ हुने सम्भावना हुन्छ । जसले गर्दा उल्टो कार्बनडाइअक्साइड जम्ने खतरा हुन्छ । अक्सिजन घट्दै जाँदा पूरा अक्सिजन ९१० लिटरमा० खोलियो र नोजल प्रोन प्रयोग गरियो भने चारदेखि पाँच लिटर भन्दा बढी अक्सिजन दिन सकिंदैन । त्यसकै भरमा बसियो भने अक्सिजन कम भएर बिरामीको मृत्यु हुनजान्छ । कतिपयले मनिटरिङ गर्न पनि जानेका हुँदैनन् ।

अर्को कुरा अक्सिजन लेभल ८८ मा आइसकेको छ भने त्यस्तो बेला अक्सिजन बढाउन घोप्टो परेर बस्दा शरीरका अन्य अंगमा पनि अक्सिजन कम हुन थाल्छ । नियमित रूपमा अक्सिजन लेभल ८८र८७र८६ हुन थाल्यो भने मुटुको गतिमा परिवर्तन ल्याउँछ र, यही कारण कतिपयको मृत्यु पनि हुन जान्छ ।

आवश्यकताभन्दा बढी अक्सिजन प्रयोग गरियो भने ‘अक्सिजन टक्सिसिटी’ हुन्छ । जसले फोक्सो सुक्ने समस्या ल्याउँछ । लामो समयसम्म अनावश्यक रूपमा अक्सिजन लियौं भने शरीरलाई हानी गर्छ । कोभिड निमोनियाको बेला अक्सिजन प्राणवायु हो, तर अल्पज्ञानमा प्रयोग गर्दा विकराल समस्या आउँछ । त्यसैले जनस्वास्थ्यकर्मीको निगरानी विना घरमा अक्सिजन प्रयोग गर्नु ठूलो खतरा हुन्छ ।

त्यसो भए अक्सिजन सपोर्ट कसरी लिने ?

अक्सिजन लेभल ९२ भन्दा कम हुनेबित्तिकै अस्पतालमा भर्ना हुनुपर्छ । यस्तो बिरामीलाई कुनै पनि बेला दुईदेखि चार लिटरसम्म अक्सिजन सपोर्ट दिएर अक्सिजन मेन्टेन गराउनुपर्छ ।

न्याजल क्यानुलाको सहायताले दुईदेखि पाँच लिटर अक्सिजन दिंदा पनि अक्सिजन लेभल मेन्टेन हुन सकेन भने साधारण फेस मास्कको प्रयोग गर्नुपर्छ । यो मास्कले पाँचदेखि सात लिटरसम्म अक्सिजन दिन सकिन्छ ।

यसबाट पनि मेन्टेन भएन भने अक्सिजन बढाउँदै लैजानुपर्छ । अक्सिजन लेभल ८८ बाट पनि घट्न थाल्यो भने नन् रिब्रिदिङ मास्क ९एनआरएम०को प्रयोग गर्नुपर्ने हुन्छ । यसले पनि मेन्टेन भएन भने हाइफ्लो न्याजल क्यानुला ९एचएफएनसी०को प्रयोग गरिन्छ । यसले अक्सिजन धेरै बढी खपत गर्छ ।

अक्सिजन अभाव भइरहेको अहिलेको अवस्थामा यसको त्यति धेरै प्रयोग भइरहेको छैन । यसको विकल्पमा बाइप्याप र सिप्यापको प्रयोग भइरहेको छ ।

बाइप्याप र सिप्याप नन् इन्भेसिभ मेकानिकल भेन्टिलेटर ९एनआईभी०मा प्रयोग हुन्छ । सिप्याप चाहिं राति घुर्नेहरूले प्रयोग गर्छन् । यी दुवैले शरीरभित्र फोर्सले अक्सिजन पुर्‍याउन मद्दत गर्छ । बाइप्याप र सिप्यापलाई दुई तरिकाबाट प्रयोग गर्न सकिन्छ । एउटा भेन्टिलेटर मेसिनबाट र अर्को पोर्टेबल मेसिनबाट पनि दिन सकिन्छ ।

यसबाट पनि अक्सिजन मेन्टेन हुन सकेन, अक्सिजन लेभल घट्दै जान थाल्यो, बिरामी बेहोश अवस्थामा पुग्यो, होश हराउँदै जान थाल्यो, बिरामी छट्पटाउँदै जान थाल्यो, मुटुको चाल बिग्रन थाल्यो भने भेन्टिलेटरमा राखेर उपचार थालिन्छ । यतिबेला बिरामीलाई बेहोश बनाएर मुखबाट इन्ट्युबेसन ट्यूब फोक्सोको नली ट्राकियासम्म राखेर भेन्टिलेटर मेसिनमा जोडिन्छ । यसलाई इन्ट्युबेसन भनिन्छ । जसले मेसिनमा फ्र्याक्सन अफ अक्सिजन ९एफआईओटू० मापन गर्दै शरीरमा अक्सिजन प्रवाह गराउँछ । यसको सहायतामा लेभल घटाउँदै लगिन्छ । पहिला १०० प्रतिशतमा राखिन्छ । त्यसपछि घटाउँदै ८०, ६०, ५० र ४० मा झारेपछि बल्ल फोक्सोले काम गर्न थाल्यो भने सिप्याप मोडमा लगिन्छ । जुनबेला बिरामीले सिप्याप टोलरेट गर्‍यो कि गरेन, अक्सिजन लेभल ९२ देखि ९५ मा आयो कि आएन, बिरामीको फोक्सोले काम गर्‍यो कि गरेन भनेर मेसिनको इन्डिकेटरले देखाउँछ ।

प्रत्येक घण्टामा परीक्षण गर्दा बिरामी आफैंले सास फेर्न सक्यो, अक्सिजन स्याचुरेसन मेन्टेन भयो र दुईचार लिटर अक्सिजनमै अक्सिजन लेभल मेन्टेन भयो भने बल्ल भेन्टिलेटरबाट बिरामीलाई निकाल्न सकिन्छ ।

के हो बाइप्याप र सिप्याप ?

बाइप्याप स् बाइलेभल पोजेटिभ एयरवे प्रेसर ९बाइप्याप० मेसिन एक प्रकारको नन् इन्भेसिभ भेन्टिलेटर ९एनआईभी० हो । यो मेसिन सेटमा नाक र मुख ढाक्ने मास्कमार्फत अक्सिजन दिइन्छ । सास फेर्न गाह्रो हुने दम, मुटु लगायतका दीर्घ रोगीका बिरामीहरूले यसको प्रयोग गर्छन् । बाइप्यापको प्रयोगले सामान्यतया भेन्टिलेटर प्रयोग गर्ने आवश्यकतालाई हटाउँछ ।

बिरामीले पहिलोपटक यो मेसिनको प्रयोग गर्दा असहज महसूस गर्न सक्छ । तर यसमा अभ्यस्त भएपछि विस्तारै बिरामीले सहज अनुभव गर्न सक्छन् । बाइप्याप मेसिन सिप्याप मेसिनको तुलनामा महँगो हुन्छ ।

सिप्याप स् कन्टिन्यूअस पोजेटिभ एयरवे प्रेसर ९सिप्याप० मेसिन पनि एक प्रकारको नन् इन्भेसिभ भेन्टिलेटर ९एनआईभी० नै हो । यिनीहरूबीच सेटअपमा मात्र भिन्नता हुन्छ । सिप्याप मेसिनले निश्चित दबाबमा मात्र अक्सिजन शरीरभित्र पुर्‍याउन सघाउँछ । तर बाइप्याप मेसिनले बिरामीको शरीरमा अक्सिजन पठाउन र कार्बनडाइअक्साइड बाहिर फाल्न सहयोग गर्छ ।

यही भिन्नताका आधारमा चिकित्सकहरूले बिरामीका लागि कुन सेटअप प्रयोग गर्ने भनेर निर्णय लिन सजिलो हुन्छ ।

बिरामीको अवस्था हेरेर सामान्यतया सिप्यापले काम नगर्ने अवस्था आएपछि बाइप्यापको प्रयोग गरिन्छ । सिप्याप मेसिन बाइप्याप मेसिनको तुलनामा सस्तो हुन्छ ।

के भिन्नता छ आईसीयू र भेन्टिलेटरमा ?

आईसीयू स् इन्टेनसिभ केयर युनिट (आईसीयू)  भन्नाले सघन उपचार कक्षलाई जनाउँछ । जहाँ बिरामीलाई २४ सै घण्टा चिकित्सकीय सेवा र नर्सिङ केयर उपलब्ध हुन्छ ।

आईसीयूमा जडान गरिएका मनिटरको सहायताले बिरामीको मुटुको चाल र अक्सिजन लेभल कुन अवस्थामा छ भनेर इन्डिकेट गर्छ । सोही आधारमा बिरामीलाई चिकित्सक तथा नर्सहरूले उपचार सेवा प्रवाह गर्दछ ।

आईसीयूमा एकजना नर्सले कम्तीमा एक वा दुईजना मात्रा बिरामीको हेरचाह गर्छन् ।

भेन्टिलेटर स् बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराउने उपकरणलाई भेन्टिलेटर भनिन्छ । कोभिड निमोनियाले गर्दा फोक्सोले राम्रोसँग काम गर्न सकिरहेको हुँदैन । अक्सिजन लेभल ८८ भन्दा तल झर्दा फोक्सोमा, मुटुमा, कलेजोमा, मिर्गौलामा, गिदी लगायतका अंगमा अक्सिजनको कमी हुन पुग्छ । फोक्सोले राम्रोसँग काम नगर्दा बिरामीलाई भेन्टिलेटरमा राखिन्छ । त्यो बेला फोक्सोको काम नै भेन्टिलेटरले गर्छ । फोक्सोलाई फुकाउने र खुम्च्याउने काम यसले गर्छ । जसले आवश्यकता अनुसारको अक्सिजन शरीरभित्र लैजाने र कार्बनडाइअक्साइड निकाल्न सघाउँछ ।

आईसीयूमा राखिएका बिरामीलाई पनि भेन्टिलेरको सहयोग पर्न सक्छ । जुन नन् इन्भेसिभ भेन्टिलेटर ९एनआईभी० हो ।

तर इन्भेसिभ मेकानिकल भेन्टिलेटरमा राखिने बिरामीलाई बेहोश पारिन्छ । इन्स्टिब्युसन ट्युब इन्टूबेट गरेर बिरामीको मुखमा पाइप राखिन्छ । इन्ट्युबेसन ट्युब फोक्सोको नली ट्राकियासम्म राखेर भेन्टिलेटर मेसिनमा जोडिन्छ । मेसिनमा जोडिएको मनिटरको सहयतामा कृत्रिम श्वासप्रश्वास गराइन्छ ।

कोभिड संक्रमित बिरामीलाई कस्तो अवस्थामा आईसीयूमा राखिन्छ त ? 

विशेष गरेर अक्सिजन प्यारामिटरको आधारमा कोभिडका बिरामीलाई आईसीयूमा राख्ने गरिन्छ । त्यो बेलामा बिरामीको मुटुको चालको गडबडीलाई पनि हेर्ने गरिन्छ ।

नन् रिज्भ्वाइर मास्कको सहायताले अक्सिजन १५ लिटर दिंदा पनि अक्सिजन लेभल ९२ मेन्टेन गराउन सकिएन भने बिरामीलाई आईसीयूमा राखिन्छ । यस्तो बेलामा बिरामीको फोक्सोले राम्रोसँग काम गर्न सक्दैन । कुनै पनि बेला अक्सिजन घट्न गएर शरीरको अन्य अंगमा पनि असर गर्न सक्ने जोखिमलाई मध्यनजर गरेर बिरामीलाई आईसीयूमा राखिन्छ ।

आईसीयूमा विशेष ध्यानपूर्वक अक्सिजन लेभलको निरन्तर मनिटरिङ गरिन्छ । मुटुको चालको बारेमा पनि अध्ययन गरिन्छ । अक्सिजन लेभलबारे इन्डिकेटरको माध्यमबाट अध्ययन गरिन्छ । मनिटरकै सहयोगमा बिरामीलाई आवश्यकता अनुसार बाइप्याप र सिप्याप मार्फत अक्सिजन दिइन्छ ।

यसले पनि मेन्टेन गर्न सकेन भने बिरामीलाई भेन्टिलेटरमा राख्छौं । जहाँ इन्ट्युबेसन ट्युबमार्फत बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिइन्छ । निरन्तर मनिटर गरिरहनुपर्ने भएकोले भेन्टिलेटर सघन उपचार कक्षमै राखिन्छ । जहाँ त्यहीं डाक्टर र नर्सहरूको पनि व्यवस्था हुन्छ । त्यहींबाट बिरामीको मनिटरिङ गरिन्छ ।

के हो अक्सिजन कन्सन्ट्रेटर ?

अक्सिजन कन्सन्ट्रेटर भन्नाले वातावरणमा रहेको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्‍याउने एक प्रकारको विद्युतीय उपकरण हो । यसबाट बिरामीलाई थप अक्सिजन प्राप्त हुन्छ । अझ सजिलो गरी भन्नुपर्दा यो एक प्रकारको छनोट हो, जसले हावामा भएका विभिन्न ग्याँसमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई सिलिण्डरमा भरिने अक्सिजन जतिकै शुद्ध अक्सिजन दिन्छ । यसले प्रतिमिनेट ५ लिटरसम्म अक्सिजन शुद्धीकरण गर्न सक्छ ।

कसरी प्रयोग गरिन्छ ?

अक्सिजन कन्सन्ट्रेटरलाई विद्युत्मा जडान गरिन्छ । हामीले लिने हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अन्य ग्याँस हुन्छ । अक्सिजन कन्सन्ट्रेटर मेसिनले हावाबाट अक्सिजन शुद्धीकरण गर्छ । उपकरणमा अक्सिजन लिने पाइपसँगै नाकमा राख्ने न्याजल क्यानुला हुन्छ । जसबाट बिरामीले अक्सिजन लिन्छ । यो मेसिन विशेष गरी व्यक्तिगत प्रयोगका लागि हो । दम तथा खोकीका दीर्घरोगीहरूले सुत्ने बेलामा यसको प्रयोग गर्छन् ।

अक्सिजन कन्सन्ट्रेटर लगानीको हिसाबले शुरुमा महँगो पर्न जान्छ । बजारमा विभिन्न कम्पनीका कन्सन्ट्रेटरहरू उपलब्ध छन् । कम्पनी अनुसार बजारमा यसको मूल्य ५० हजारदेखि १ लाख ५० हजारसम्म पर्न सक्छ ।

अहिलेको महामारीमा आइसोलेसन सेन्टररहोल्डिङ सेन्टरहरूमा पनि यसको प्रयोग गर्न किन्छ ।

के हो अक्सिजन सिलिण्डर ?

अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको आ–आफ्नै विशेषता छ । दुवैबाट बिरामीका लागि आवश्यक पर्ने अक्सिजन दिन सकिन्छ ।

अक्सिजन लेभल ८८ मा आइसकेको छ भने त्यस्तो बेला अक्सिजन बढाउन घोप्टो परेर बस्दा शरीरका अन्य अंगमा पनि अक्सिजन कम हुन थाल्छ । नियमित रूपमा अक्सिजन लेभल ८८र८७र८६ हुन थाल्यो भने मुटुको गतिमा परिवर्तन ल्याउँछ ।
अक्सिजन उद्योगबाट शुद्ध अक्सिजन सिलिण्डरमा भरिन्छ, जसलाई लगाउनासाथ बिरामीले अक्सिजन पाउँछन् । तर अक्सिजन कन्सन्ट्रेटर मेसिन चलाएपछि हावालाई सोसेर शुद्ध अक्सिजन फिल्टर गरेर बिरामीलाई उपलब्ध गराउँछ ।

सिलिण्डरमा अक्सिजन सकियो कि भनेर बेलाबेलामा चेक गर्नुपर्छ र सकियो भने भर्न उद्योगसम्म पुर्‍याउनुपर्छ । तर कन्सन्ट्रेटरमा यो झन्झट हुँदैन । कन्सन्ट्रेटरलाई चलाउन चौबीसै घण्टा बिजुली सप्लाई चाहिन्छ तर अक्सिजन सिलिण्डर बिजुली विना पनि प्रयोग गर्न सकिन्छ ।

अक्सिजन कन्सन्ट्रेटरमा बेलाबेलामा एयर फिल्टर फेरियो भने चार–पाँच वर्षसम्म प्रयोग गर्न सकिन्छ । सिलिण्डरमा फिल्टर फेरिराख्नुपर्ने झन्झट हुँदैन ।

सामान्यतया कन्सन्ट्रेटरबाट करिब ५ लिटर प्रतिमिनेट फ्लोको दरले अक्सिजन दिन सकिन्छ । योभन्दा बढी फ्लोमा अक्सिजन दिनु परेमा सिलिण्डर नै चाहिन्छ ।

सिलिण्डर अग्लो हुने भएकाले यो ढल्यो भने चोटपटक लाग्ने जोखिम हुने हुँदा यसलाई राम्रोसँग अड्याएर राख्नुपर्छ । कन्सन्ट्रेटर भने होचो र यताउता सार्न सजिलो हुन्छ ।

अस्पतालमा कस्ता पूर्वाधार हुनु जरूरी छ ?

पछिल्लो समय अस्पतालहरूमा भौतिक पूर्वाधार विकासमा जोड दिन थालिएको छ । सरकारले प्राथमिकताका आधारमा जिल्ला अस्पतालहरूमा आवश्यकता अनुसार अक्सिजन प्लान्ट जडान गर्न थालेको छ । यसलाई निरन्तरता दिनु जरूरी छ । बिरामीको उपचारका लागि अक्सिजन बाहिरबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्दछ ।

प्रत्येक जिल्ला अस्पतालमा बेड संख्या बढाउनु आवश्यक छ । जिल्ला अस्पतालमाहरुमा समेत कम्तीमा ५ वटा भेन्टिलेटरसहितका आईसीयू बेड हुनु जरूरी छ । जसमा बाइप्याप र सिप्यापको पनि अनिवार्य व्यवस्था मिलाउनुपर्छ ।

केन्द्रीय अस्पतालहरूमा कम्तीमा पनि १०० बेडको आईसीयू बनाउनुपर्छ । सरकारले पनि अस्पतालमा भएका बेडको कम्तीमा १० प्रतिशत भेन्टिलेटरसहितका आईसीयू बेड हुनुपर्ने प्रावधान बनाएको छ ।

प्रत्येक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान अनिवार्य छ । कोरोनाको दोस्रो लहरले सिकाएको पाठ पनि यही हो । स–साना अस्पतालले भने अक्सिजन सिलिण्डरबाट पनि काम चलाउन सक्छन् । तर सबैभन्दा उत्तम विकल्प त लिक्विड अक्सिजन प्लान्ट नै हो ।





error: Content is protected !!