संसद विघटन स्वभाविक र संवैधानिक मान्न सकिन्न

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन।’ उनले लेखेका छन्, यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ।

उनले सबैलाई फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन अपिल गरेका छन्।





error: Content is protected !!