“बा” अनि वर्तमान


सत्य पहाडी
कोरोनाको कहरमा
अनिदा रातहरु काटेर
एका बिहानै सुन्ने
पहरीका पहर हरु
आजभोली सारै कर्कस लाग्छन
नयनहरु नउघारीदै
सेलफोनका पर्दाहरु
ह्दय विदारक बिम्वमा
छाति चिर्ने गरी
एकनास चिच्याईरहेका हुन्छन
सगरमाथा रोहिरहेको बेला
बेतुक र बेमौसमी लाग्छन
जनतन्त्रको दरिद्रतामा
मक्कियका मालिकहरु
रोम जलिरहदा
निरोले बासुरी बजाए झै
असमाहिक मृत्यु हुन बिवश
लासहरुको माझबाट बा हरु
आत्म प्रसंशाको धुन बजाउँछन
अर्कोतिर जीवन खोजिरहेकाहरु
श्वास फेर्ने आशमा
लथालिंग बिधिको ब्यवास्तामा
पल्टन बिवश छन बिरामीहरु
बाटो घाटोमा, अस्पतालको आंगनमा
जीवनको अन्तिम घडी
गनिरहेकाहरुको आश दवाएर
कमिशसनको सौदावाजि गर्छन
बाहिर “बा”हरु आत्म प्रसंशाको
एक थान बक्तव्य भट्याउछन
र आफ्ना भक्तहरुलाई साछी बनाएर
जंगे रोष्टरमा उभिएर भन्छन
हामीले ऐतिहासिक प्रगति गर्यौ
वा “बा” वा !
तिम्रो चर्चित नौँटंकी
पराईको ईशारामा
कति बजाउछौ बेसुरको धुन
चिताहरु चिच्याउन्जेल
आत्मरतिमा मानव बधशालालाई
रंगमंच बनाएर
बिरासतको नांगो सिर्जिदै
आमाको आशु रगत पिलाएर
अरुको तिर्खा कति मेटाउछौ ?
बा ! ईतिहासले माफी दिन्छ भनेर
कदाचित नसोचे हुन्छ
पाई पाई नछोडेर
तिमिबाट पैचो असुल्नेछ
पीडाको दागबत्ति सल्काएर
आक्रोसको चितामा
जिउदै जलाउनेछ
त्यतिबेला बा !
तिम्रो अस्थित्वको
खुद अश्तु पनि बिलाउनेछ
तव सम्म
हरेक बिहानीहरुमा
सेलफोनका भित्ताहरुमा
करोडौंका हृदयहरुमा
न्याय, समानता,
स्वाधिनता र मुक्तिका निम्ति
बिद्रोहका धुन बजिरहनेछ ।










