राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा कांग्रेस

काठमाडौँ ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले राष्ट्रपतिलाई महाअधियोग लगाउनु पर्ने बताएका हुन् ।

‘पदाधिकारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने धारणा धेरै नेताहरूको रह्यो,’ बैठकमा सहभागी प्रमुख सचेतक बालकृष्ण खाणले भने । त्यसको विषयमा अन्यदलहरूसँग छलफल गर्ने खाणले बताए ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुरुप नयाँ सरकार गठन गर्न गरेको आह्वान असंवैधानिक र अलोकतान्त्रिक भएको पनि कांग्रेसको ठहर छ ।

धारा ७६ (५)को सरकार बनाउन प्रधामन्त्रीले कि विश्वासको मत लिनु पर्ने कि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने व्यवस्था रहेकोमा दुर्व नभई विज्ञप्ति जारी गर्नु असंवैधानिक रहेको भन्ने ठहर बैठकको रहेको खाणले बताए ।





error: Content is protected !!