ज्वारो, बान्ताले दुइको मृत्यु

जाजरकोट , कुशे गाउँपालिका – ८ ओलरिजामा ज्वारो ,बान्ताका कारण दुइ बालबालिकाको मृत्यु भएको छ । सुक्रबार राती उनीहरुको घरमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । फोन सम्पर्क गर्न मुस्किल भएको कारण थप जानकारी आउन नसकेको उहाँको भनाइ छ ।

अहिले सदरमुकामबाट डाक्टर इन्द्र थापाको नेतृत्वमा तीन जना स्वाथ्यकर्मी पठाएको सांसद गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । स्थानीय वडा सदस्य विनिता विकका अनुसार बान्ता , ज्वारो आएको २४ घण्टा भित्र बालिबालिकाको मृत्यु हुँने गरेको छ । अन्य बालबालिका समेत विरामी भएको उहाँको भनाइ रहेको छ । मृतकको नाम खुल्न सकेको छैन ।





error: Content is protected !!