कोरोनाको महामारीबाट जोगिन भेरी नगरपालिकाको यस्तो छ तयारी ?

दोश्रो चरणको कोभिड १९ महामारी नियन्त्रणकोलागि नगरपालिकावाट गरिएको पुर्व तयारी एवं व्यवस्थापन निम्न अनुसार गरिएको व्यहोरा सम्वन्धित सवैमा जानकारीकोलागि अनुरोध छ ।


१-  वडा नं- १ रिम्ना,वडा नं- ४को शान्ति चौतारा र नगर कार्यपालिकाको कार्यालय परिसरमा स्वास्थ्य सहायता कक्ष सुचारू
२-  शिवालयको छेडावजारमा एन्टिजिन टेस्ट ,रेकर्डिङ र रिपोर्टिङ गर्ने प्रयोजनकालागि १ जना ल्याव कर्मचारी खटाइएको छ ।
३-  लक्षणका आधारमा संभावित उच्च जोखिम क्षेत्र सदरमुकाम बजार क्षेत्र र स्याउलिवजारलाई आधार मानि कन्ट्याक्ट् ट्रेसिंग सहित एन्टिजिन टेस्टकोलागि नगरपालिकाको उच्च टिम मिति २०७८/१/ १३ गते देखि उक्त क्षेत्रमा खटिने छ ।

४- महामारी नियन्त्रणकालागि प्रभावकारी व्यवस्थापन गर्न सरोकारवालाहरूको सहभागितामा क्रमशः ११ / १२ गते अन्तरक्रियात्मक रछलफल वैठक सम्पन्न भएका छन् ।

५-  नगरपालिका भित्र रहेका ७ गोटा आधारभूत वडा स्वास्थ सेवाकेन्द्र र ५गोटा स्वास्थ्य चौकि गरि जम्मा १२ गोटा स्वास्थ संस्था मार्फत कोभिड नियन्त्रण सम्वन्धि सचेतना र सशक्तीकरणको कार्यरगतिविधिलाई व्यापक वनाईने ।

६-  जिल्ला स्वास्थ्य सेवा कार्यलयवाट आजकै मितिमा १००/१०० थान पिपिई र एन्टिजिन टेस्ट कीट सहयोग प्राप्त भएको छ ।

७-  साविक खलंगा गाविसको शिक्षा श्रोत केन्द्रको भवनमा १३ वेडको आईसोलेसन कक्ष निर्माण कार्य शुरू गरिएको छ ।

८-  सरस्वती मावि पुन्म र भगवती मावि कुदु विध्यालयलाइ रिपोर्टिङको आधारमा विशेष निगरानीमा राखिएको छ ।

जनताको स्वास्थ्य तथा काममा खटिदा ,खटिदै भेरी नगरपालिकामा आवद्ध कर्मचारी समेत कोरोनाको संक्रमन हुँदा थप समस्य उत्पन्न भएको छ । नगरपालिकाले अत्यआवश्यक सेवा बाहेक अन्य सवै खालका सेवा बन्द गरेको छ ।





error: Content is protected !!