नेपाल पत्रकार महासंघ र पोलिगनकलेज बीच छात्रवृतीका लागि हस्ताक्षर

नेपाल पत्रकार महासंघ र पोलिगनकलेज बीच स्नातकोत्तर तह अध्ययन गर्ने महिला, दलित, मधेशी, अल्पसंख्यक र अन्य सिमान्तकृत समुदायका विद्यार्थीमध्येबाट ४ जनालाई छात्रवृत्ति दिनका लागि सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार महासंघले सिफारिस गरेका चार जनालाई प्रत्येक वर्ष कलेजले दुई लाख रुपैयाँ छात्रवृत्ति दिने छ भने बाँकी बत्तिसहजार आठसय रुपैयाँ अध्ययन गर्न चाहाने विद्यार्थी स्वयमले बेहोर्नुपर्ने छ ।

सम्झौता–पत्रमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोखरेल र पोलिगन कलेजका तर्फबाट प्रिन्सिपल अविरल थापाले हस्ताक्षर गर्नुभएको थियो । यो कार्यक्रममा यसै शैक्षिक सत्रबाट लागु हुने छ ।





error: Content is protected !!