अब स्वास्थ्यकर्मीले बिदा नपाउने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ।

सचिवस्तरीय बैठकले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको हो । बैठकले बिदामा बसेका कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।

मन्त्रालयले कार्यरत जनशक्तिलाई आलोपालो प्रणालीमार्फत सेवा दिने व्यवस्था गर्ने र स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न ६ महिनाको करार सेवामा लिने निर्णय पनि गरेको छ ।





error: Content is protected !!